सिरहामा गोली चल्यो
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, ०१ फाल्गुन ।सिरहामा अज्ञात समुहको गोली प्रहरबाट एक युबक घाइते भएको छ । सिरहाको मिर्चैया २ मल्हनियाँको नहर चौकमा आज बिहान करीब १० बजे अज्ञात समुहको गोली प्रहरबाट गाबिस मझौलीया अरंग बस्ने अन्दाजी २९ बर्षीय लालुखान घाइते भएको प्रहरीले बताए । घाइते खानको खुट्टामा गोली लागेको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी गजुसिद्धि बज्राचार्यले बताए । घाइते खानको मिर्चैयाको एक निजि अस्पतालमा उपचार भइरहेको डिएसपी बज्राचार्यले बताए । गोली प्रहर गर्नेहरुको खोजी तिब्र गरिएको प्रहरीले दाबी गरे । घटनाको थप बिबरण आउन बाकी रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्