डा.सिके राउत लहानका डिएसपी केसीको नियन्त्रणमा
Advertise Here Book Now

दिनेश्वर गुप्ता  लहान, २० माघ । स्वतन्त्र मधेश गठन बन्धनका संयोजक डा. सिके राउतलाई आज जनकपुरबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय लहानमा ल्याएको एक सुत्रले जानकारी दिएको छ । राउतलाई पौने ९ बजे लहान ल्याएको ईलाका प्रहरी कार्यालय लहानका डिएस्पी राजकुमार राउतले जानकारी दिंदै लहानमा माघ ५ गते कार्यक्रम गर्दा मधेश अलग गर्ने भनी भाषण गरेको र विभेद अन्त्यलगायत विभिन्न किसिमको उत्तेजित क्रियाकलाप गरेकोले उनलाई पक्राउ गर्न बाध्य भएको जानकारी गराएको छ । राउतलाई जनकपुरबाट दिउंसो २ बजे पक्राउ गरि सांझसम्म लहान ल्याएको हो । यसपछि राउतलाई कहां पुरयाउंने भनी जानकारी नदिएको हो । उता एक स्रोतका अनुसार राउतलाई माघ २१ गते सिरहा पुरयाउंने योजना रहेको छ भने अर्का एक स्रोतले राउतलाई एक दूई दिनभित्रै उनकै घर पुरयाएर नजरबन्दमा राख्ने योजना रहेको छ । डा.सिके राउतलाई लहानको प्रहरीमा राखेर यत्तिबेला विशेष सोधपुछ गरिरहेको छ भने उनका साथै केही कार्यकर्तालाई समेत पक्राउ गरिएको छ । माघ ५ गते डा.सिके राउतले ५० हजार जनता उतार्ने योजना राखेका थिए तर १० हजारमा सिमिति रहियो । यसो त राउतको योजना माघ ५ गते असफल भएपनि काठमाण्डौंमा राउतको जनसमर्थन देखेर केही खोक्रो राष्ट्रवादीहरु आत्तिएका थिए । यता, राउतले विभेद अन्त्यको मुद्दा लिएर समानताको आधार खोजिरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्