पुलिसलाई हराउदै विराटनगर उपाधि विजेता
Advertise Here Book Now

फिरोज शेख लहान २२ माघ - लहान क्रिकेट कल्ब लहानको आयोजनामा माघ १५ गते देखि सुरु भएको लहान प्रिमियर लिग क्रिकेट प्रतियोगिता २०७३ आज सम्पन्न भएको छ I सनिबार भएको अन्तिम रोमान्चक फाईनल खेलमा पूर्वाञ्चल क्रिकेट एकेडमी विराटनगरले नेपाल पुलिस कल्ब काठमाडौंलाई १ विकेटले हराउदै उपाधि विजेता भएका छन् I टस जितेर पहिला ब्याटिंग गरेको पुलिस कल्बले १८ ओभर ४ बल खेल्दै सबै विकेट गुमाई ९७ रन बनाएका थिए I पुलिसका लागि सिद्धान्त लोहनी २० बलमा २५ रन , अभिनाश कर्ण २३ बलमा १९ रन र रोशन बुद्धल १३ बलमा १५ रन बनाउनु बाहेक अरु कुनै पनि खिलाडिले राम्रो प्रदर्शन गर्न सकेनन I पुलिसलाई ९७ रनमा रोक्न विराटनगरका लागि राज थापा ४ , अजय राजवंशी र अकिबुल अन्सारीले २/२ विकेट लिएका थिए I त्यस्तै मोहम्मद हसरत अलि , विवेक यादवले समान १/१ विकेट लिएका थिए I
जवाफी ब्याटिंग गर्न आएका विराटनगरले ८ ओभर सम्म राम्रो प्रदर्शन गर्दै ५९ रनमा १ विकेट मात्र गुमाएका थिए I तर राम नरेसको घातक बलिङ्गको सामु विराटनगर ८१ रनको योगफल बनाउदा सम्म ४ विकेट गुमाएपछि खेल निकै रोमान्चक बनेको थियो I यसै बीच बिराटनगर कल्बले ९७ रनको योगफल सम्म आइपुग्दा ९ विकेट गुमाएप्छि खेल निकैनै रोमान्चक बनेको थियो I विराटनगर लाई १ रन बनाउन एक ओभर नै खेल्नु परेको थियो I १७ ओभर ३ बल खेल्दै ९ विकेटको क्षतिमा ९८ रन बनाउदै पुलिसलाई १ विकेटले हराउदै उपाधि माथि कब्जा गर्न सफल भएका हुन् I विराटनगरका लागि २६ बलमा ५२ रन , विवेक झा , १८ बलमा १८ रन र हमिस अन्सारीले २५ बलमा ८ रन बनाएका थिए I पुलिसका लागि राम नरेश गिरि ३ विकेट , चित्र बिष्ट २ विकेट र मन्जित श्रेष्ठ , नविन थापा , योगेन्द्र कार्कीले समान १/१ विकेट लिएका थिए I प्रतियोगिताको विजेता कल्ब विराटनगर लाई नगद रु .१ लाख १ हजार संगै सिल्ड मेडल प्रदान गरिएको छ I यता उपविजेता पुलिस लाई रु . ५१ हजार नगद पुरस्कार संगै सिल्ड मेडल प्रदान गरिएको छ I प्रतियोगिताको म्यान अफ द सिरिज , म्यान अफ द फाईनल विराटनगरका विधान गोस्वामी , बेस्ट बलर र म्यान अफ द म्याच पुलिसका राम नरेश गिरि , बेस्ट ब्याड्सम्यान लहान क्रिकेट क्लबका मिनस थापा भएका छन् I प्रतियोगिताको मिडिया पार्टनर शेख मिडिया हाउस द्वारा संचालित रेडियो सरगम ९३ मेगाहर्ज रहेका थिए I फाईनल म्याचको प्रत्यक्ष प्रशारण रेडियो सरगम बाट गरिएको थियो I फाईनल म्याचको उपहार तथा सम्मान वितरण कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य लिला नाथ श्रेष्ठ रहेका थिए I विशिष्ट अतिथिको रुपमा नेपाली कांग्रेसका अछ्मित चौधरी संगै विभिन्न संघसंस्थाका कार्यलय प्रमुख संगै प्रमुख प्रतिनिधिहरु , नागरिक समाज , बुद्धिजीवी , पत्रकार लगायत सैयौ दर्शकहरुको उपस्थिति रहेको थियो I
 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्