लहान नपाका दुई वडा खुल्ला दिशा मुक्त घोषणा
Advertise Here Book Now

फागुन १२ लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर आठ मंगलवार खुल्ला दिशा मुक्त घोषणा भएका छन् ।भने, बुधवार वडा नम्बर सात पनि खुल्ला दिशा मुक्त घोषणा भएको हो। घोषणासभामा सम्बोधन गर्दै नेपाली काँग्रेसका सांसद पदम् नारायण चौधरीले, ‘आफुसधै सरसफाईका लागि सहयोग गर्न तयार रहेको भने ।’ वडा सचिब रामबिलास महतोको अध्यक्षतामा भएको घोषणासभामा कार्यकारी अधिकृत गजेन्द्रनाथ शर्मा, इंजीनियर शत्रुधन प्रसाद चौधरी, जेवाससिसीका अध्यक्ष दिनेश्वर गुप्ता , खानेपानी डिभिजÞन कार्यालयका इंजीनियर कृष्ण साह , सिड नेपाल अध्यक्ष किरण राय ,पार्बती सुब्बा , जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिका सरसफाई दुत धीरेन्द्र साह लगायतको अतिथिको उपस्थिति रहेको थियो । अहिले दिनहु सिरहामा कुनै कुनै वडा तथा गाविस खुल्ला दिशा मुक्त घोषणा र सरसफाई सम्मेलन भइरहेको सरसफाई दुत साहले बताए । उनका अनुसार, २९ गाविस र २४ वटा नगरपालिकाको वडा खुल्ला दिशा मुक्त भइसकेका छन् । खुल्ला दिशा मुक्त र सरसफाईको कार्य तिव्र रुपमा अगाडी बढिरहेको उनले सुनाए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्