जनकपुरमा एक युवक माथि छुरा प्रहार
Advertise Here Book Now
फागुन १४ -
जनकपुरमा केहि दिन देखि अपराधिक क्रियाकलाप बढ्दै गएको छ । यसै बीच जनकपुरमा सनिबार बिहान एक युवक माथि छुरा प्रहार भएको छ । मोरंग जिल्ला विराटनगर बरगाछी वडा नं. ३ बस्ने मो.सलिम नदाफ माथि युवाका एक समुहले छुरा प्रहार गरि घाइते बनाएका छन्। जनकपुर उमहानगरपालिका वडा नं. २ विद्यानगर स्थित आफनो दिदी भिनाजु सँग बस्दै आएका सलिम लाई व्यक्तिगत रिसवीका कारण विवाद हुँदा छुरा प्रहार गरिएको प्रहारले जनाएका छन्। यसबीच छुरा प्रहार गरेको आरोपमा १८ वर्षीय गोपाल ठाकुर नाम भएको एक युवक लाई पक्राउ गरिएको छ । घाईते सलिमको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ भने अवस्था समान्य रहेको प्रहरीले जनाएको छ।घटनामा संलग्न अन्य युवाहरु फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । गत फागुन ११ गते जनकपुरमै एक युवकको आपसी विवादका कारण घाटीरेटी हत्या गरिने प्रयास भएको थियो।