तोकिएकै मितिमा चुनाव सम्पन्न हुने गृहमन्त्रि निधि
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १५ फाल्गुन । सरकारले तोकिएकै मितिमा स्थानिय निकायको चुनाव सम्पन्न गराउने गृहमन्त्री विमलेन्द्र निधिले बताएका हुन् । सिरहा क्षेत्र नं. ५ ले आयोजना गरेको कार्यकर्ता भेलालाई आइतबार मिर्चैयामा सम्वोधन गर्दै उप–प्रधानमन्त्रि समेत रहेका निधिले सरकारको अहिलेको मुख्य काम संविधान संशोधन र चुनाव गराउनु रहेकोले कुनै हालतमा स्थानिय निकायको चुनाब गराउने दाबी गरे । चुनाव अव कसैले रोक्न सक्दैन भन्दै उनले चुनावको लागि सवै कार्यकर्ताहरुलाई सक्रिय रुपमा लाग्न निर्देशन समेत दिए । अहिलेको अवस्थामा सरकारको मुख्य काम संविधान संशोधन र तीनवटा निर्वाचन गराउनु रहेको भन्दै त्यसको लागि सरकार लागि परेको जिकिर गरे । गृहमन्त्रि निधिले संशोधन प्रस्ताव दर्ता भईसकेकोले अब चाँडै पारित हुने विश्वास ब्यक्त गरे । उनले अहिले एमाले वाहेक सवै दल संविधान संशोधनको पक्षमा रहेको समेत स्पष्ट गरे । जनसंख्याको आधारमा स्थानीय तह निर्माण गर्ने भएको हुँदा मधेसमा अझै स्थानीय तहको संख्या बढ्ने उनले बताए । गृहमन्त्रि निधिले समग्र मधेस एक प्रदेशको माग गर्दै आएको मधेसी मोर्चा पनि अब दुई प्रदेश बनाउन सहमत भएको जिकिर गरे । गृह मन्त्री निधि नेपाल महिला संघको लहानमा हुने २ नं. प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा समेत सरिक भएको बुझिएको छ ।
Displaying 16976809_1411102208934065_793794660_n.jpg
Displaying 16976698_675121469326650_58554393_n.jpg
Displaying 17006088_675121172660013_1788419074_n.jpg

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्