लहानमा ट्रकको ठक्करबाट बालकको मृत्यु, दुई घाईते
Advertise Here Book Now

सिरहा, फाल्गुन १७। लहान नगरपालिका-२२ भोटिया टोलस्थित मंगलबार बिहान ट्रकको ठक्करबाट मोटरसाईकलमा सवार एक बालकको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।ठक्करबाट जिल्ला सिरहा लक्ष्मिपुर पतारी ६ घर भई हाल सशस्त्र प्रहरी बल सिमा सुरक्षामा कार्यरत सशस्त्र प्रहरी जवान गोपाल मंण्डलको ५ बर्षिय छोरा हेमन्त मंण्डलको मृत्यु भएको हो भने सप्रज मंडल र निजको श्रीमती उषा मंण्डल घाईते भएका छन्।पूर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आँउदै गरेको ना ५ ख ५१४ नम्बरको ट्रकले बिपरित दिसाबाट आउदै गरेको को.२५ प. ८०८७ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो।ठक्करबाट घाईते उनिहरुलाई उपचारार्थ फ्रेण्डस हस्पिटल लाहान लैजाने क्रममा ५ बर्षिय मण्लको बाटोमै मृत्यु भएको थियो भने दुई जनाको सोहि हस्पिटलमा उपचार भईरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। ठक्कर दिने ट्रक र चालकलाई इप्रका लहानको नियन्त्रणमा राखिएको छ। यसैगरी मोरङ इटहरा-५ आँपडाँडास्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १४ प ८४५८ नम्बरको मोटरसाईकलको ठक्करबाट एक पैदलयात्री घाईते भएका छन्।घाईते हुँनेमा इटहरा-५ बस्ने पैदल यात्री कृष्ण प्रसाद चौलागाई रहेका छन् ।ठक्करबाट घाईते चौलागाईलाई उपचारकालागी मोटरसाईकल चालक सोहि ठाँउ बस्ने विक्रम बरालले नोबेल हस्पिटल बिराटनगर लगेको प्रहरी चौकी इटहराले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्