“मधेश मे जनमत संग्रहका ऐलान करो, मधेश देश अजाद करो” नारा गुन्जिदै, समर्थक अझै हिरासत मा”
Advertise Here Book Now

अँनलाइन सिरहा डटकम माघ २२ – नेपाल सरकारले ब्याक्तिगत जीवनलाई त्रासमय बनाऊन स्वतन्त्र मधेश गठबंधनका केन्द्रिय संयोजक डा. सीके राउतलाई २० गते बिहिवार दिउसों पुनः पक्राउ गरे लगतैदेखि हजारों मधेशी जनताहरु डा. राउतको रिहाईको लागी बिभिन्न स्वरुपमा आज पनि मधेश भरि शांतिपूर्ण रूपले जन-प्रदर्शण जारी राखेका छन| कैलालीका जनताले डा. सी. के. राउतलाई अबिलम्ब रिहा गर प्ले कार्ड बोकी पर्दर्शन गरे का थिए भने रुपन्देहीका जनता स्वतन्त्र मधेशका झन्डा सहित साइकल रैली र मार्च पास गरेका थिए| सहभागी भएका यूवाहरूले “जनमत संग्रहका ऐलान करो, मधेश देश अजाद करो” प्लेकार्ड बोके का थिए| जनकपुरका मधेशी जनताहरू मुखमा कालो पट्टी बांधी मौन जुलुस निकाले थिए भने डा. राउतलाई अबिलम्ब रिहा गर प्ले कार्ड सँगे स्वतन्त्र मधेशका लागी जनमत संग्रहका मांग उठाएका थिए| निशर्त रिहा गर्न शांतिपूर्ण पर्दर्शनमा ओर्लेका समर्थकलाई गिरफ्तार गरी विराटनगर, सप्तरी, सिरहा, रौतहतबाट रिहा गरीसकेका छन भने सिरहाका संजय यादव, राजकुमार त्यागी, रोशन यादव, अशोक कुमार यादव,, रामशंकर यादव,सुरेश यादवलाई अहिले सम्म गैर क़ानूनी थुनामा राखेका छन| रौतहतमा अझै ६० बर्षीय बीर मधेशी अशोक सिहँ र बिरेन्द्र साहलाई अहिले सम्म गैर क़ानूनी थुनामा राखेका छन| स्वतन्त्र मधेश गठबन्धन बुद्ध, गांधी र मण्डेलाको अहिंषात्मक सिद्धान्तलाई अनुशरण गर्दै शान्तिपूर्ण मार्गद्वारा मधेशको स्वतन्त्रताको लागि कार्यरत रहेको कुरा सर्वविदित नै छ। गठबन्धनका तीन आधार स्तम्भहरू (क) स्वतन्त्र मधेश (ख) लोकतान्त्रिक व्यवस्था, र (ग) शान्तिपूर्ण एवम् अहिंषात्मक मार्ग अनुसार नै आफ्नो नीति निर्धारण र कार्यक्रमहरू गर्दै नेपाल सरकारको कुनै काममा तथा वर्तमान राजनैतिक प्रक्रियाहरूमा वाधा-अडचन नपुर्‍याई शान्तिपूर्ण एवम् संरचनात्मक रूपमा मधेशको विकास तथा सामाजिक उत्थानका लागि गठबन्धन हाल क्रियाशील रहेको छ। तर नेपाल सरकारले मधेशको राजनैतिक मुद्दालाई दबाउने र विमतिका सबै आवाजलाई निर्मूल पार्ने नीति अनुसार गठबन्धनका कार्यकर्ताहरूलाई फँसाउने षड्यन्त्र गर्दै आएको छ। नेपाल सरकारद्वारा गठबन्धनका नेता तथा कार्यकर्ताहरूको जासूसी गर्ने, आवत-जावतमा बाधा उत्पन्न गर्ने, मानसिक दबाव दिने र कुनै आधार तथा प्रमाण विना नै पक्राउ गर्ने जस्ता कार्यहरू गरिरहेका छन्। यसै क्रममा नेपाल सरकारबाट भएको उपरोक्त घटनाको स्वतन्त्र मधेश गठबन्धन घोर भर्त्सना गर्नुका साथै यस बारेमा देश-विदेशका पत्रकार, कुटनितिज्ञ, राजनैतिक पार्टी, वुद्धिजीवि, मानवअधिकारकर्मी लगायत सबैलाई जानकारी गराउन चाहन्छ। यस किसिमका दमनकारी क्रियाकलापले हाम्रो वाक्‌-स्वतन्त्रता, आवत-जावत गर्ने स्वतन्त्रता र भेला हुने स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै नेपाल सरकारद्वारा मानवाधिकारको हनन भइराखेको कुरा पनि जानकारी गराउन चाहन्छौं। सम्बन्धित व्यक्ति तथा संस्थाहरूले आ-आफ्नो ठाउँबाट नेपाल सरकारका यस्ता क्रियाकलापलाई निरूत्साहित गर्न तथा मानवअधिकारको रक्षा गर्न पहल गरिदिनुहुन पनि हामी हार्दिक अनुरोध गर्दछौं। ................ प्रा. कैलाश महतो सह संयोजक स्वतन्त्र मधेश गठबन्धन फोन: ९७७-९८४७०३८३२२ इमेल: free.drckraut@gmail.com

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्