नेतृत्व विकास सम्बन्धी पुर्नताजगी तालिम सम्पन्न
Advertise Here Book Now

लहान, १६ फाल्गुण ।स्थानीय महिला नेतृहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उदेश्यले सिरहाको तीन स्थानमा सञ्चालित नेतृत्व विकास सम्बन्धी दुई दिवसीय पुर्नताजगी तालिम आइतवार सम्पन्न भएको छ । सर्च फर कमन ग्राउण्ड नेपालको साझेदारीमा समग्र जन उत्थान केन्द्रले सञ्चालिन गरिरहेको नेतृत्व कार्यक्रम अन्तरगत सिरहाको सितापुर प्र.ध., अर्नमा प्र.पी. गाविस र धनगढिमाई नगरपालिका सञ्चालित नेतृत्व विकास सम्बन्धी पुर्नताजगी तालिम सम्पन्न भएको हो । स्थानीय २७/२७ जना महिला नेतृको सहभागिता रहेको सो तालिममा केन्द्रका अध्यक्ष भैरवप्रसाद गेलाल, सदस्य सुनिल कुमार साह, देवराज पोखरेल, कार्यक्रम व्यवस्थापक रामभरोसी महतो र कार्यक्रम संयोजक चन्दन कर्णले सहजीकरण गर्नुभएको थियो । तालिममा राजनीति र राजनीतिक दल, स्थानीय निकाय र महिला, संविधानमा महिलाको अधिकार, नेता, नेतृत्व, सहकार्यात्मक नेतृत्व, सम्वाद र सहकार्य, सुचना सम्बन्धी हक लगायतका विषयमा छलफल गरिएको केन्द्रका कार्यक्रम व्यवस्थापक राभरोसी महतोले जानकारी दिनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्