सिरहाको मानपुरमा सरसफाइ सम्मेलन सम्पन्न
Advertise Here Book Now

रुनकेश कामती - सिरहा, १५ फाल्गुन । सिरहाको वडा नं. ५ मानपुरमा शनिबार वडा स्तरिय सरसफाई सम्मेलन सम्पन्न भएको छ । वडा स्तरिय खानेपानि सरसफाई तथा स्वच्छता समन्वय समितिको समुदायको अगुवाइमा पुर्ण सरसफाई अन्तर्गत सो सम्मेलन सम्पन्न भएको सिरहा नगरपालिकाका सरसफाई तथा वातावरण प्रमुख सुरेश चौरवारले वताएका छन् । वडा स्तरिय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति वडेरवाको आयोजनामा तथा सिरहा नगरपालिकाको सहकार्यमा आयोजित सो सम्मेलन कार्यक्रमलाई वटर एडको सहयोगमा शहरी वातावरण व्यवस्थापन समाज (युम्स) ले सहजीकरण गरेको थियो । सिरहा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रदेव यादवको अध्यक्षतामा तथा जिल्ला विकास समिति सिरहाका योजना अधिकृत बासुदेव यादवको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा शहरी वातावरण व्यवस्थापन समाजका टिमलिडर सुजित चौधरी, नेकपा एमालेका देवेन्द्र कुमार यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका मो. मुस्ताक, समाजिक परिचालक ब्रहमदेव ठाकुर लगायत स्थानिय बुद्धिजिवी, समाजसेवी, राजनितिक कर्मी, शिक्षक, विद्यार्थी, महिला, पुरुष, पत्रकार लगायतको सहभागिता रहेको चौरवारले वताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्