यौन दुर्व्यवहार गरेको आरोपमा महरा पक्राउ
Advertise Here Book Now

फिरोज शेख लहान , फागुन १७ - सिरहाको लहानमा १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लहान नगरपालिका १२ बस्ने २५ वर्षीय विनोद महरालाई इलाका प्रहरी कार्यालय लहानले सोमबार पक्राउ गरेको छ। पीडित बालिकालाई आरोपितले फागुन १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय लहानमा फागुन १५ गते लिखित उजुरी दिएका थिए । पीडित पक्षको उजुरी आएपछि अनुसन्धानका लागि आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी हिराबहादुर पाण्डेले बताएका छन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण लहान स्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा आइतबार भएको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्