राष्ट्रपति रनिङ्ग सिल्डमा लहानका प्यारागन पब्लिक स्कूल सिरहाकै प्रथम
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान १२ फागुन । राष्ट्रपति रनिङ्ग सिल्ड २०७३ प्रतियोगितामा लहानका प्यारागन पब्लिक स्कूल सिरहाका सबै प्रतियोगि विद्यालय मध्ये प्रथम भएको छ । फागुन ९ देखि १२ गतेसम्म सिरहाको कर्जन्हा माविको प्राङ्गनमा सम्पन्न सो प्रतियोगितामा लहानका प्यारागन स्कूले एक सय ३१ अंक ल्याएर प्रथम भएको स्कूलका संस्थापक प्रिन्सिपल उमेश चौधरीले बताए । सोही प्रतियोगितामा पोलार स्टार स्कूल मिर्चैयाले ७१ अंक ल्याएर दोस्रो स्थान ओगट्न सफल भएका छन् भने चन्द्र मावि सिरहा ३७ अंक ल्याएर तेस्रो स्थान हासिल गरेका छन् । फागुन १२ गते एक समारोहवीच सम्पन्न भएको सो प्रतियोगिता जिल्ला खेलकूद बिकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीका प्रमुख आतिथ्यमा भएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. १५ हजारसहित सिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ भने दोस्रो हुने टिमलाई नगद रु. १२ हजारसहित प्रमाणपत्र र तेस्रो हुने टिमलाई नगद रु ९ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ । सो प्रतियोगितामा कबड्डी, दौड, भलिबल ,ज्याब्लीङ थ्रो लगायत बिभिन्न दर्जनौ खेलको प्रतिस्पर्धा गरिएको थियो । राष्ट्रपति रनिङ्ग सिल्डमा उत्कृष्ट भएका खेलाडीहरुलाई अन्तर जिल्ला तथा राष्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराउंने आयोजकपक्षले बताए । उक्त प्रतियोगितामा सिरहाका नीजि तथा सामुदायिक गरि ५० विद्यालय सहभागी रहेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्