लहान नगरपालिकामा कार्यकारी अधिकृत नहुंदा नगरवासीलाई सास्ती
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, २४ माघ । लहान नगरपालिकाका कार्यकारी अधिकृतहरुको सरुवा बढुवा भएर जाने गरेकोले यहांका विकास कार्य प्रभावित भएको छ भने दैनिक कामकाजको लागि आउंने सेवाग्राही सास्ती खेप्न बाध्य भएका छन् । विगत अढाई बर्षभित्र लहान नगरपालिकामा पांच कार्यकारी अधिकृति आएगए र ३—४ महिना काम गरेर बढुवा सरुवा भएर जानेक्रम यथावत नै छ । यस अवधीमा लहान नगरपालिकाका कार्यकारी अधिकृत रामकुमार महतोले मात्रै एक बर्ष जेनतैन काम गरेर सरुवा भएर गएका छन् भने ज्ञानेन्द्र पराजुली एक महिनासम्म पनि नबसेर एलडिओमा बढुवा भएर डडेलधुरा गए । गत बर्ष कृष्णबहादुर कार्की कार्यकारीको रुपमा करिब ९ महिना बस्दा त्यसताका ६ महिनासम्म मधेश आन्दोलनको बन्दमै समय वितियो । यस भन्दा अगाडि महेन्द्र खम्यांग करिब ६ महिना बसेर लहान नगरपालिकाको विकास निर्माण कार्यमा केही तिब्रता ल्याएको थियो । त्यसैगरी लामो समयसम्म एक बर्ष कार्यकारी अधिकृतको रुपमा रामकुमार महतो रहेका थिए । अढाई बर्षयता कहिले ६ त कहिले एक महिनासम्म लहान नगरपालिकामा गरेर कार्यकारी अधिकृतहरु जाने गरेकोले कामकाज प्रभावित हुंदै आएको छ । सोही अवधीमा करिब तीन महिनासम्म मो.शेरे मुस्तफाले कार्यकारी अधिकृतको रुपमा काम गरेर आफ्नै गाउंक्षेत्रमा फर्किए । सोही त्यसताका कार्यकारी अधिकृत नहुंदा समय समयमा शत्रुधन चौधरीले निम्ति भएर काम गर्दै आएका थिए । तर, ६ महिनायता नगरपालिकामा कार्यकारी अधिकृत शुन्य रहेको छ । स्थानीय मन्त्रालयले सिरहाका एलडिओ सुरेश राउतलाई जिम्मा दिएर काम गरिरहेको छ भने एलडिओ राउत जिविस सिरहामै बसेर काम गरिरहेकोले सेवाग्राही सास्ती खेप्न बाध्य भएका छन् । लहान नगरपालिकाका सामाजिक शाखा अधिकृत भानुराज शार्माले भने ‘कार्यकारी नहुंदा विकासको काम मात्रै प्रभावित भएका छैन् ।’ ‘बुढाबुढीले समाजिक सुरक्षा भत्ता ६ महिनादेखि खान पाएका छैन् ।’ ‘अनुगमन, सम्झौता, योजना कार्यक्रम, सरसफाई, नक्शाको निर्णयलगायतको कार्य प्रभावित भएको छ ।’ अधिकृत नआउंदा तत्काल निम्ति दिएर पनि काम अगाडि बढाउंनुपर्ने यहांका राजनीतिक दलका प्रतिनिधिहरुले जोडदार माग गर्दै आएको छ । माघ २३ गते तराई मधेश राष्ट्रिय अभियानका ललितनारायण महतो, सोनु साहलगायत दर्जनौै युवा नेताले कार्यकारी अधिकृतको नियमिता गर्न माग गर्दै लहान नगरपालिकामा २ घण्टा तालाबन्दी गरेका थिए । उनीहरुले समयमा अधिकृत आएन भने लहान नगरपालिका अनिश्चितकालीन तालाबन्दी गर्ने समेत चेतावनी दिएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्