मोवाईल चार्ज गर्नेक्रममा करेन्ट लागेर एकको मृत्यु
Advertise Here Book Now

सिरहा, फाल्गुन १७ गते। सिरहाको गोलबजार नगरपालिका ५ मा सोमबार करेन्ट लागेर एक युवकको ज्यान गएको छ।मृत्यु हुनेमा स्थानीय बुलन महतोको १७ वर्षका छोरा कमलेशकुमार रहेका छन। कमलेशलाई सोमबार राती आफ्नै घरमा बिजुलीको होल्डरबाट मोवाईल चार्ज गर्न खोज्दा करेन्ट लागेको थियो । करेन्ट लागि गम्भीर घाइते भएका महतोलाई उपचारकालागी भूमिजा अस्पताल लैजानेक्रमा राती नै उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गोलबजारबाट प्रहरी टोली घटनास्थलमा पुगी मृतकको शव पोष्टमार्टमका लागी लहान अस्पताल पठाइ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। यो समाचार सरगम खवरबाट सभार गरिएको छ

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्