पेट्रोलियम पदार्थको कृतिम अभाव, मधेश बन्दको पनि हावा चलियो
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, १८ फागुन । यत्तिबेला पेट्रलियम पदार्थको तस्करहरु फेरी सक्रिय भएका छन् । एक पटक मोटरसाईकलमा ट्यान्की भरेर पेट्रोल लहान ल्याएपुग्दा चोखो एक हजार लिने गरेको छ । अर्कोतीर पसलले १ सय ५० को दरमा किनेको पेट्रोल ग्राहकलाई सिधैं २ सय प्रति लिटर विक्री गरिरहेको छ । त्यो पनि पाउंन कठिन भएको छ पेट्रोल । हिजोसम्म २ सयमै चलेको पेट्रोल आज २ सय ५० रुपैयां समेत नपाउंने गरी विक्री भएको छ । युवा नेता विरेन्द्र यादव विरुले भन्छन् —‘यस्तै रहियो भने भोलीदेखि फेरी मधेश बन्दको अभाष हुने हो ।’ ‘खुद्रा तस्करी गरिरहेको अवस्थामा अब होलसेलमै पेट्रोलको तस्करी नहुनसक्छ भन्न ग्राहो छ ।’ ट्याङकर चालक र ढुवानी व्यवसायीको आन्दोलन फिर्ता भएको ५ दिन बितिसक्दा पनि यहां पेट्रोलको अभाव यथावत छ । पेट्रोलको अभाव लहानमा मात्रै नभई सिरहा , मिर्चैया , गोलबजार , कटारी, सप्तरी ,धनुषा , सुनसरी , झापा , मोरंग , उदयपुरका क्षेत्रहरुमा चरम अभाव भएको छ । अधिकांश पेट्रोल पम्पमा एक सातादेखि पेट्रोल तथा डिजलको आभाव छ । एक दिन छाडेर अर्को दिन पालो पालो गरी पम्पवालाहरुले पेट्रोल तथा डिजल विक्री वितरण गरेपनि पेट्रोलियम पदार्थको अभाव यथावतै रहेको छ । पेट्रोल र डिजलको लागि पम्पमा ठुलो लाम देखिन्छ । सोहीक्रममा पेट्रोल लिन लाइनमा बसेका घुरन साह— भन्छन् दुई दिनदेखि गाडीमा पेट्रोल नभएर समस्या खेप्दै आएका थिए तर आज पेट्रोल पाउंने भनी एक घण्टा देखि लाइनमा छु । लाइन लामो भएकोले करिब ४ घण्टादेखि बसेको छु । उता, तस्करहरुले पेट्रोल पम्पवालाहरुसंगको मिलोमतोमा राती राती बढी मूल्यमा पेट्रोल बेच्दै आएको स्थानीयहरुको दावी छ । राती राती किनेको पेट्रोल बढी मूल्यमा विक्री गर्दै आएको छ पसलेहरु । कृतिम पेट्रोलको अर्को कारण मधेश बन्द हुने गार्इंगुई चलिरहेकोले पेट्रोल पम्पसंगै तस्करहरु सल्बलाएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्