राणाकाल भन्दा कुनै फरक छैन ः आनन्द
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान, २६ माघ । राणाकाल भन्दा अहिले कुनै फरक छैन । जनता अधिकारको लागि सडकमा छन्, संविधान जारी गरेर हिंसात्मक क्रियाकलाप बढाएको आरोप आनन्द आदित्यले लगाएका छन् । लहानमा आज (मंगलवार) सेतुबन्ध कार्यक्रमको उद्घाटन गर्दै आदित्यले विवादित संविधानले देशको समस्या समाधान नहुने भन्दै हिमाल, पहाड र मधेशलाई मात्र होइन् भारतसंग पनि सम्बन्ध सुमधुर हुनुपर्ने जोड दिनुभयो । उहांले अहिलेसम्म आठ वटा आन्दोलन भयो । त्यसमा प्रत्येक आन्दोलन उठन हुन्छ, तर बैठान हुंदैन यसर्थ देशको समस्या यथावतै नै रहेको दावी गर्नुभयो । आदित्यले भारतबाट पाकिस्तान अलग भएको उदाहरण दिंदै जिना अलि अपमान भएको कारण उनी विभेद अन्त्यको निम्ति अलग भएको भन्दै नेपालमा मधेशी, दलित, जनजाती, मुस्लिमहरु पनि विभेद र अपमानित भइरहेकोले यसप्रति समयमै समाधानको उपाय खोज्नुपर्ने बताउंनुभयो । गणतन्त्रका प्रनेता रामराजा सिंहले एक मन सहचिन्तनका अधारमा मुलुकमा एकता गर्ने प्रयास गरेका थिए । तर,सत्ताधारीहरुले उहांको विचारलाई कुल्चिदै शोषण, दमन, विभेद लादै गएको उहां आनन्द आदित्यले बताउंनुभयो । सेतुबन्ध कार्यक्रम अन्तरगत आनन्द आदित्यलगायत पांच जनाको टिम झापा— कञ्चनपुर अध्ययन भ्रमण २०७३ नाम दिएर आन्दोलनको क्रियाकलापवारे जानकारी लिनेदिने गदै आएको वरिष्ठ पत्रकार रामरिझन यादवले बताए । यसअघि सेतुबन्धले भारतको जयनगरमा कार्यक्रम गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्