सेवाग्राहीहरु द्वारा लहाननगरपालिकामा तालाबन्दी
Advertise Here Book Now

फिरोज शेख लहान माघ २३ -लहान नगरपालिका कार्यलयमा आइतबार राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासीहरुको एक समुहले ताल्चा हानेका छन् I विगत करिब ४ महिना देखि कार्यलय प्रमुख नहुदा सेवाग्राहीहरुले लहान नगरपालिका बाट पाउनुपर्ने सेवा सुविधा नपाई सास्ती भोगनुपरेको भन्दै रविन्द्र शर्मा , लंतोष राय , अभिषेक सिंह , परवेज खान , राजन कुमार , धनन्जय यादव , ललिता देवी मण्डल , मोहमद अजिम , मोहमद तनवीर , राम आशिष मुखिया , मोहमद हुसैन , जीवन पोख्रेल , मोहमद अब्दुल बारीक बिल्टु दर्जी ,जय प्रकाश साह , राजु साह , मोहमद मुर्तुजा , रामोतार शर्मा , तराई मधेश राष्टिय अभियान क्षेत्र नम्बर १ का क्षेत्रीय संयोजक सोनु साह गुप्ता लगायत अन्य केहि राजनीतिक दलका प्रतिनिधि संगै सर्वसाधारणहरुले २ दिन भित्र कार्यलय प्रमुख आउनु पर्ने ,सेवाग्राहीहरुले सहज रुपमा सेवा पाउनु पर्ने भन्दै ताल्चा हानेका हुन् I यदि दुइ दिन भित्र कार्यलय प्रमुख आएन भने सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् i

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्