लहानमा पुरुष भलिवल प्रतियोगिता २०७३ आज देखि हुदै
Advertise Here Book Now

फिरोज शेख लहान , फागुन १५ - सिरहाको लहानमा दोस्रो खुल्ला पुरुष भलिवल प्रतियोगिता २०७३ आज आइतबार देखि सुरु हुदै छ I श्री श्रुजना सामुदायिक पुस्तकालय पडरिया , लहान ११ को आयोजनामा २०७३ साल फागुन १५ गते देखि २०७३ फागुन १९ गते सम्म संचालन हुने दोस्रो खुल्ला पुरुष भलिवल प्रतियोगितामा राष्टिय तथा अन्तराष्टिय खेलाडीहरु आवद्ध विभागीय टिम र भारतीय टिमको समेत सहभागिता रहेको आयोजकले जानकारी गराएका छन् I प्रतियोगिता अवधिभर पुर्व क्षेत्रीय प्रहरी कार्यलय बिराटनगर भलिवल संघ ,पुर्व क्षेत्रीय तालिम केन्द्र बिराटनगर , पडरिया भलिवल टिम , भोटियाटोल भलिवल टिम , एपीएफ काठमाडौं भलिवल संघ , सिंगराही भलिवल टिम ,मोरंग भलिवल संघ , महोतरी भलिवल संघ र पटना बिहार भलिवल संघ बीच प्रतिस्पर्धा हुने छन् i प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख संगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुने टिमले ५० हजार नगद ,शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् I प्रतियोगिताको मिडिया पाटनर रेडियो सरगम ९३ मेगाहर्ज र सरगम खबर डटकम रहेका छन् i पडरिया थारु चौकमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण खेल दिनको १ बजे देखि संचालन हुने जिल्ला खेलकूद बिकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीले जानकारी दिएका छन् i आजको उद्घाटनको पहिलो खेल पुर्व क्षेत्रीय प्रहरी कार्यलय विराटनगर र पडरिया बीच हुने छन भने दोस्रो खेल पुर्व क्षेत्रीय तालिम केन्द्र बिराटनगर र सिंगराही ( A ) बीच हुने आयोजकले जनाएका छन् I प्रतियोगिताको उद्घाटन सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद पदम नारायण चौधरीको प्रमुख आतिथ्यमा हुने जिल्ला खेलकूद बिकास समिति सिरहाका अध्यक्ष सचिदानन्द चौधरीले रेडियो सरगम लाई जानकारी दिएका छन् I

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्