विकास निर्माणमा जोड दिंदै मधेशमा धार्मिक अनुष्ठान
Advertise Here Book Now

दिनेश्वर गुप्ता लहान २७ माघ । मधेशमा माघको अन्तिम सत्तादेखि चैत्तसम्म शान्ति स्थापनाका साथै विकास निर्माणमा जोड दिंदै धार्मिक अनुष्ठान कार्यक्रम सदियौंदेखि चल्दै आएको छ । लहान ४ स्थित माघ २६  गतेदेखि श्रीमद्भागवत महापुराण शुरु भएको छ । कार्यक्रमका संयोजक बृस्पती दास भन्छन् — ‘समाजमा शान्ति र विकास निर्माणको कार्यलाई अघि बढाउंनको निम्ति महायज्ञ गरिएको हो ।’ लहान ४ स्थित रहेको ब्रहमस्थान डिहिवारको कम्पाउण्ड वाल र पार्क निर्माणको लागि स्थानीयहरुको सहयोगमा महायज्ञ शुरु गरिएको हो । महायज्ञको पहिलो दिन अढाई सयको संख्यामा कलश यात्रा गरेका छन् । त्यसैगरी नियमित बेलुका ३ बजेदेखि ७ बजेसम्म कथा वाचन र विहान ९ बजेदेखि ११ बजेसम्म पूजा पाठ्परायण कार्यक्रम गरिएको छ । कार्यक्रम फागुन ४ र ५ गते अष्ठजाम गरी विर्सजन गर्ने कार्यक्रम रहेको संगीतमय युवा कथावाचक रामकुमार गोकुलले बताए । उता, विकास निर्माणलाई जोड दिंदै लहान ६ मा फागुन ८ गतेदेखि श्रीमद्भागवत महायज्ञको आयोजना गरिने भएको छ । सो महायज्ञका आयोजक समितिका विनोद विसुन्के भन्छन् — समाजमा जहिले पनि विकास निर्माणको लागि सरकारी गैरसरकारी संघसंस्थामाथी निर्भर रहदै आएको छ । यसलाई तोड्नको निम्ति धार्मिक अनुष्ठान पनि महत्वपूर्ण माध्यम हो । र, समाजमा शान्ति स्थापनाको लागि महायज्ञ शुरु गर्ने तयारी गरिएको हो ।’ सोही महायज्ञलाई लक्षित गरि वृद्धाश्राम र दलित गरिब विद्यार्थीहरुको लागि छात्रवास निर्माण गर्ने योजना रहेको छ । खेतीपातीको अपशिजन र मौसम पनि सुहाउंदो बन्दै गएको यस अवस्थालाई मधेशमा विगतदेखि नै सदुपयोग गर्न धार्मिक अनुष्ठान गर्ने चलन रहेको छ । उता, सिरहाकै गाढा गाविसमा पनि धार्मिक अनुष्ठानको तयारी भइरहेको समाजसेवी कन्हैयाप्रसाद गुप्ताले बताए । गत बर्ष सिरहा सप्तरीलाई जोड्ने इटहर्वा गाविसमा बलान खोलामा विशाल महायज्ञ गरिएको थियो । लहान ४ स्थित माघ २६ गतेदेखि शुरु भएको महायज्ञका समिति यस प्रकार छ । संयोजक बृस्पति दास, कोषाध्यक्ष तैतर पंडित, सदस्यहरु चन्देश्वर मण्डल, कारी महतो, रामविलास महतो, रामप्रसाद महतो, विल्टु मण्डल, लक्ष्मण पंडित, शम्भु पंडित, विरेन्द्र मण्डल, सत्यनारायण पंडित, रामदयाल महतोलगायत १५ सदस्य समिति गठन गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्