एभरेष्ट कलेज लहान राष्टमै तृतीय र उपत्यका बाहिर प्रथम
Advertise Here Book Now

रमिता नेपाल रेडियो सरगम लहान , फागुन ४ । राष्टिय स्तरमा संचालित हाजरी जवाफ प्रतियोगितामा एभरेष्ट कलेज लहान दोस्रो रनरउप भएको छ । जिल्ला स्तर र राष्टिय स्तर गरि दुई चरणमा सम्पन्न भएको उक्त प्रतियोगितामा जिल्ला स्तरको हाजरी जवाफ प्रतियोगिता संचालन गरि जिल्लामा प्रथम हुने कलेजलाई काठमाडौं बोलाई क्वाटरफाईनल , सेमिफाईनल र फाईनल प्रतियोगिता संचालन गराइएको थियो । माघ २९ गते देखि फाल्गुन २ गते सम्म काठमाडौं आयोजित हाजरी जवाफ प्रतियोगितामा उपत्यकाबाट ५५ वटा र उपत्यका बाहिरका जिल्ला प्रथम भई छनोटमा भएका ३५ वटा कलेजको बिचमा प्रतिस्पर्दा भएको थियो । भर्चु सिटि इन्टर कलेज क्युज कन्टेस्ट २०१७ नामक प्रतियोगितामा प्रिमियर कलेज काठमाडौं प्रथम , गोल्डेन गेट कलेज काठमाडौं द्दितीय र एभरेस्ट कलेज लहान तृतीय भएका छन् I प्रतियोगितामा एभरेस्ट कलेज बाट कक्षा १२ का रिभा मण्डल र रोजिना महतो सहभागी भएका थिए । उपत्यका बाहिरका कलेजहरु मध्ये सर्वोतकृष्ट हुदै समग्रमा तृतीय स्थान हासिल गरेको एभरेष्ट कलेज लहानका विज्ञान समुहका संयोजक दिपेन्द्र कुमार मण्डलले जानकारी दिएका छन् । हाल सम्म राष्टकै सर्वोतकृष्ट उच्च माविको रुपमा शिक्षा विभाग र उच्च माध्यमिक शिक्षा परिषदबाट ३ पटक पुरस्कृत एवं सम्मानित एभरेष्ट कलेज लहानले राष्ट स्तरको हाजरी जवाफ प्रतियोगितामा तेस्रो स्थान हासिल गरि सिरहा जिल्लाको गौरव बढाएको कुरा कलेजका प्रिन्सिपल चक्रपाणि दाहालले बताउनु भयो । यसै बीच उत्कृष्ट शिक्षण पद्धति बाट विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सक्रिय यस कलेजले विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु संचालन गर्ने गरेको र यस पटकको परिणामले विधार्थीको चौतर्फी व्यक्तित्व विकास सम्बन्धि क्रियाकलाप संचालन गर्न थप उत्साह प्राप्त भएको व्यवस्थापन समितिका अध्यक्ष संजय राज शर्माले बताउनु भयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्