अधिकारको लागि महाभारतः यादब
Advertise Here Book Now

निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने सम्भाबना
राम नारायण पंडित, सिरहा, १७ फाल्गुन । सरकारले अधिकारबाट बन्चित रहेका समुदायको माँग सम्बोधन नगरे महाभारत हुने संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादबले चेताबनी दिएका हुन् । मधेश लामो समय देखि आन्दोलनरत रहेपनि प्रमुख तिन दलले मधेशको माँगलाई उपेक्षित गर्दै अघि बढ्रिहेकोले आन्दोनका लागि कार्यकर्तालाई तयार रहन निर्देशन दिए । सोमबार संघिय साजबादी फोरम नेपाल सिरहाको एकता अधिबेशनको उदघाटन सत्रको सम्बोधन गर्दै अध्यक्ष यादबले अहिलेसम्म नेपालमा ७ ओटा संबिधान जारी भएपनि मधेशी जनतामाथी बिभेद कायमै रहेको बताए । अध्यक्ष यादबले सरकारले संसदमा प्रस्तुत गरेको संसोधन प्रस्ताब मधेशको हितमा नरहेकोले यसले अधिकारबाट बन्चित रहेका समुदायले पनि अधिकार पाउन नसक्ने जिकिर गरे । बर्तमान संबिधानमा खस आर्यको पहिचान भएपनि मधेशी, जनजाती, मुस्लिम लगायतले पहिचान नपाएको भन्दै अध्यक्ष यादबले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा रहेको स्पष्ट गरे । अहिले सरकारले घोषणा गरेको चुनाब कुनै हालतमा हुन नसक्ने भन्दै उनले भ्रममा नपर्न सम्पुर्ण जनतालाई आग्रह गरे । सरकारले संसोधन प्रस्ताब ल्याएर अन्याय गरेको भन्दै यादबले अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने दाबी गरे । अधिबेशनमा सहमतिका आधारमा नयाँ नेतृत्ब चयन गर्ने प्रयास जारी रहेपनि निर्वाचन प्रक्रियाबाट नै नेतृत्व चयन हुने बताईएको छ । अबिधेशनमा फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रेणु यादव, केन्द्रीय कोषाध्यक्ष विजय यादव, सांसद् डा. विरेन्द्र महतो, केन्द्रिय सदस्यहरु राजलाल यादब लगायत हजारौको संख्यामा नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्