लहानमा अर्को समुहले सिके राउतलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाए
Advertise Here Book Now

लहान, २३ माघ । राष्ट्र बिखण्डन गराउने भन्दै हिडेका सिके राउतलाई हदैसम्म कारवाहीको माग गर्दै आइतवार रैथाने एकता परिषद्ले इलाका प्रहरी कार्यालय लहानमा ज्ञापनपत्र बुझाएको छ ।
परिषद्का प्रवक्ता पंकज चौधरी सहितको टोलीले नेपाल राष्ट्र बिरुद्धको षड्यन्त्रमा सामेल सिके राउतलाई हदैसम्मको कार्वाहीको माग गर्दै प्रहरीमा ज्ञापन पत्र बुझाएको हो । राज्य बिरुद्धको संगठित अपराधमा चलाइएको मुद्धामा गरिरहेको अनुसन्धानलाई प्रभावकारी बनाउन ज्ञापन पत्रमा माग गरिएको छ । बुझाइएको ज्ञापन पत्रमा – ‘हाम्रा पुर्खाले रगत पसिना बगाएर निर्माण गरेको नेपाल राष्ट्र बिरुद्ध षड्यन्त्रमा सामेल सिके र उनका अनुयायीलाई हदै सम्मको कानुनी कारवाही होस् भन्ने चाहन्छौं । त्यसैले पहिले जस्तै कमजोर मुद्धा लगाएर यो पटक छाडियो भने देशप्रति ठूलो गद्धारी हुनेछ ।’
परिषद्ले रैथाने नेपाली देश टुक्र्याउने षड्यन्त्रमा कुनै पनि हालतमा सामेल हुन नसक्ने बताउदै सिके र उनका अनुयायीको नागरिकताको हैसियतको छानवीन गर्न र सार्वजनिक गर्न पनि माग गरेको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्