डा. सीके राउतको गिरफ्तारीमा बोल्यो मधेसी मोर्च ,अविलम्ब रिहा गर्न नेपाल सरकारसँग अपील
Advertise Here Book Now

सप्तरी २४ माघ । मधेशी मोर्चा सप्तरीले स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सीके राउत र उनका समर्थकहरुलाई अविलम्ब रिहा गर्न नेपाल सरकारसँग अपील गरेको छ ।
मधेशी मोर्चा सप्तरीका प्रवक्ता भगवती प्रसाद यादवले सोमबार प्रेस विज्ञप्ति जारी गरी अविलम्ब रिहाईका लागि अपील गरेका हुन् ।
‘सीके राउत आफ्नो विचार राखेकाले राज्यपक्षद्वारा राउतलाई हिरासतमा राखी अनुसन्धान गर्ने कार्य तथा राउतलाई रिहा गराउने उहाँका समर्थकलाई समेत प्रशासनद्वारा पक्रिएर हिरासतमा राख्ने कार्य निन्दीय एवं खेदपूर्ण छ ।’ विज्ञप्तिमा उल्लेख छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्