लहान सिटि जेसिजको १५औ पदस्थापना कार्यक्रम सम्पन्न
Advertise Here Book Now



फिरोज शेख लहान २४ माघ -
लहान सिटि जेसिजको १५औ पदहस्तारण , पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ । लहान सिटिजेसिज २०१६ का अध्यक्ष शंकर प्रशाद गुप्ताले वर्ष २०१७ का नवनिर्वाचितअध्यक्ष सत्यनारायण पंजियार लाई पद हस्तान्तरण गरेका हुन् ।कार्यक्रमका प्रमुख अथिति नेपाल उधोग वाणिज्य संघका अध्यक्ष पशुपति मुरारकाले लहान जेसिजको उच्च मुल्यांकन गर्दै जेसिजले गर्दै आएका कामहरु सराहनीय भएको बताए । उनले वर्ष २०१६ को टिमले गरेको सामाजिक कार्यहरु निकै प्रभावकारी रहेकोले अब २०१७ का टिमले अझ सराहनीय कार्यहरु गर्ने छन् भनि सल्लाह सुझाव दिए । मुरारकाको जन्मभुमि लहान रहेकोले यस क्षेत्रको विकासका लागि हुनसक्ने सहयोग गर्ने प्रतिवध्ता जनाएका छन् I यसैबीच २०१७मा लहान जेसिजको सचिवालय निर्माणमा सहयोग गर्ने बताएका छन् I


लहान सिटि जेसिज सन् २०१७ का नवनिर्वाचित पदाधिकारीहरुमा अध्यक्ष जेसी सत्यनारायण पंजियार , कार्यकारीणी उपाध्यक्षमा जेसि बसन्त साह , अजय साह , महासचिवमा जेसि उमेश चौधरी र कोषाधक्ष्यमा जेसि हिर्दय नारायण चौधरी मनोनित भएका छन् । त्यस्तै उपाधक्ष्यमा जेसि अनिल कुमार महतो , सतिस महासेठ , कृष्णा गुप्ता , रन्जु सिंह रहेका छन I त्यस्तै जनसम्पर्क अधिकृतमा फिरोज शेख , तालिम निर्देशकमा दिपेन्द्र कुमार साह रहेका छन I
त्यस्तै कानुनि सल्लाहकारमा जेसि विजय गुप्ता मनोनित भएका छन्। कार्यक्रमको सञ्चालन जेसी रन्जु सिंहले गरेका थिए ।कार्यक्रममा वर्ष २०१६ का अध्यक्ष शंकर गुप्ताले वर्ष २०१६ मा विभिन्न क्षेत्र बाट सहयोग गर्नुहुने व्यक्तिहरु संगै प्रमुख अतिथि , बिशिस्ट अतिथि तथा अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अभिवादन गरेका थिए I कार्यक्रमको संयोजक जेसी वसन्त साह रहेको थियो I

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्