मोर्चाद्धारा सप्तरीमा एक यात्रुबाहक बसमा आगजनी, बस पूर्ण रुपले जलेर नष्ट
Advertise Here Book Now

सप्तरी ,२७ फागुन । आन्दोलनरत मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले सप्तरीको मलेठ गाविसस्थित सडक खण्डमा बन्द को अवज्ञा गरेको भन्दै वीरगञ्ज देखि राजविराज चल्ने स्वस्तिका ट्राभ्ल्समा एक यात्रु बाहक बसमा आगजनी गरेका छन । सोमबार सप्तरीमा प्रहरीले गोली चलाएको स्थानमै मोर्चाका कार्यकर्ताहरुले बिरगन्जबाट राजविराजतर्फ आउँदै गरेको ना. ५ ख. ६७१३ नम्बरको यात्रुबाहक बसमा आगजनी गरेका हुन । आगजनीबाट बस पूर्ण रुपले जलेको छ । बसका यात्रुहरुलाई ओरालेर सोही बसमा रहेको डिजल र पेट्रोल छर्केर आगो लगाएको जनाइएको छ । यता संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको आह्वानमा अनिश्चितकालिन बन्दको आज पाँचौं दिन पनि प्रदर्शन जारि रहेको छ भने संघीय गठबन्धनले आह्वान गरेको एक दिने नेपाल बन्दको पूर्ण प्रभाव परेको छ । यहाँबाट कुनै सवारीसाधन चलेका छैनन् भने पसल, कलकारखाना, उद्योग, बजार समेत बन्द रहेको छ । जिल्लाको भारदह, कंचनपुर, रुपनी, कल्याणपुर लगायतका स्थानहरुमा मोर्चाका कार्यकर्ताहरुले सडकमा टायर बालेर प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।यसअघि हिजो मात्रै आन्दोलनकारीहरुले राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य एवं प्रवक्ता मोहना अन्सारी चढेको बा. ७ च ७४७९ नम्बरको गाडीमा तोडफोड गरेका थिए । सो गाडीलाई पनि मलेठमै तोडफोड गरिएको थियो । सभार सरगम खवर

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्