शहिदहरुको शवयात्रामा उर्लियो जनसागर (फोटो फिचर)
Advertise Here Book Now

राजविराज, २८ फागुन । सप्तरीमा प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएकाहरुको शवयात्रामा जनसागर उर्लिएको छ । शनिवार विहान आठ बजे शवयात्रा निकाल्ने कार्यक्रम रहे पनि रातीदेखिको अविरल वर्षाले गर्दा शवयात्रा निकाल्ने कार्य प्रभावित भएको थियो । साढे १ बजेको समयमा शवयात्रा निकालिएको शवयात्रामा हज्जारौं जनसमुदाय सहभागी भएका छन् । राजविराजबाट निकालिएको शवयात्रा तोपा, मन्सापुर, हनुमाननगर, भारदह, बरमझिया, कञ्चनपुर, रुपनगर, महुली, विरेन्द्र बजार, सितापुर, रुपनी, शम्भुनाथ, कठौना, कल्याणपुर, खर्चुहिया, कडरबोना, कुशहा बजार हुँदै सिरहाको लहानस्थित शहिद चौकसम्म परिक्रमा गरिने संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले जनाएको छ । शवयात्रा पश्चात अन्तिम संस्कारकालागि शव परिवारजनको जिम्मा लगाईने मोर्चाका जिल्ला संयोजक दिनेशकुमार यादवले जानकारी दिएका छन् । विभिन्न स्थानमा शवयात्रालाई रोकेर स्थानीयवासिन्दाले शहिदहरुलाई अन्तिम विदाई गरेका छन् । 
प्रस्तुत छ शवयात्राका क्रममा विभिन्न स्थानमा देखिएका दृष्यहरुः

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्