राजविराजबाट शवयात्रा निकालिंदै, पानिका कारण लहान आउन केहि ढिला हुने
Advertise Here Book Now

फिरोज शेख लहान , फागुन २८ । सप्तरी मलेठ घटनामा प्रहरीको गोलीलागी मारिएका पाँच जनाको शवयात्रा केहीबेरमा निकालिदैछ। गोलीलागी मारिएका पाँच जनाको शव शुक्रबार राति ल्याएर श्रद्धाञ्जलीका लागि राजविराजस्थित गजेन्द्र चोकमा राखिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका संयोजक दिनेश यादवले जानकारी दिएका छन्। संयोजक यादवका अनुसार शवयात्रा राजविराजबाट शुरु भएर सप्तरीको हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनगर, महुली, रुपनी, कल्याणपुर, कुशहा हुँदै लहान पुगेर दिउँसो ३ बजेतिर लहानको शहीद रमेश महतो चोकमा श्रद्धाञ्जली सभा हुनेछ। बिहान ८ बजे देखि शुरु गर्ने भनिएको शवयात्रा पानी परिरहेकोले केही ढिलो हुने यादवले बताए। शहादत शवयात्रामा १० हजार भन्दा बढी जनाको सहभागिता रहने मोर्चाले जनाइएको छ। नेकपा एमालेको मेची महाकाली राष्ट्रिय अभियान अन्तर्गत गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा फागुन २३ गते आयोजना गरिएको जनसभामा सुरक्षाका लागि खटिएको नेपाल प्रहरी र शशस्त्र प्रहरीको गोली लागेर मलेठ गाविस वडा नम्वर– २ का २५ वर्षिय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षिय पीताम्बर मण्डल, प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षिय सिनियर अहेव आनन्द कुमार साह र उपचारको क्रममा शहदत प्राप्त गरेका मलेठ–४ का विरेन्द्र महतो र सप्तरीको जमुनी मधेपुरा गाविस वडा नम्वर–१ कटवी गाउँ निवासी ५० वर्षिय ईनरदेव यादवको ज्यान गएको हो। सोहि घटनाको विरोधमा मोर्चाले गरेको अनिश्चतकालीन सप्तरी जिल्ला बन्दको घोषणाले तराई मधेशको जनजीवन कष्टकर बन्दै गएको छ । लगातारको बन्दको कारण आज सनिबार छैठौ दिन पनि जिल्लाको जनजीवन प्रभावित भएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्