गोलबजारमा करेन्ट लगेर एक युवतीको मृत्यु
Advertise Here Book Now

फाल्गुन २८ । सिरहाको गोलबजार नगरपलिका-१ स्थित मुक्सारमा करेन्ट लगेर एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही ठाउँकी १७ बर्षिया सानु कुमारी सोसलिङ रहेकी छन्।शुक्रबार साँझ ७ बजेतिर आएको हावा हुरीले अचानक विधुतको तार चुँडिएर विधुत लिक भइ चार्जमा राखेको मोबायल निकाल्ने क्रममा करेण्ट लागेर उनि घाईते भएकी थिईन।घाईते युवतीलाई उपचारकालागी लहान अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्