सीके राउतलाई किन थुनामा राखेको भन्दै सर्वोच्चद्वारा जवाफ माग
Advertise Here Book Now

फागुन २१ । डा. सीके राउतलाई किन थुनामा राखेको भन्दै सर्वोच्च अदालतले सात दिनभित्र लिखित जवाफ पेश गर्न गृह मन्त्रालयलाई आदेश गरेको छ । नेपाल प्रहरीले डा. सी. के. राउतलाई गत माघ २० गतेका दिन माछाबाजÞार, जनकपुरको डेराबाट हिरासतमा लिई हालसम्म गैरन्यायिक हिरासतमा राखेकोले नेपालको संविधानको धारा १३३(३) बमोजिम बन्दी प्रत्यक्षीकरण लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश वा पूर्जी जारी गरि थुना मुक्त समेत गरी पाँऊ भनी सीके राउततको हकमा दाजु डा.जयकान्त राउतले मंगलवार सर्वोच्च अदालतमा निवेदन पत्र चढाएका थिए । सर्वोच्च अदालतको एकल इजलासमा न्यायाधीश जगदीश शर्मा पौडेलले गृह मन्त्रालय काठमाडौंसमेत विपक्षीको नाममा चन्द्रकान्त राउतलाई किन थुनामा राखेको हो ? थुना मुक्त गर्नु पर्ने कारण नभए म्याद सूचना प्राप्त भएका मितिले बाटोको म्याद बाहेक ७ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनी आदेश गरिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्