अध्यक्षको आकांक्षी बढेपछि फोरम सिरहाको अधिवेशन स्थगित
Advertise Here Book Now

सिरहा, १९ फाल्गुन । संघीय समाजवादी फोरम सिरहाको प्रथम एकता अधिवेशनको बन्द सत्र स्थगित भएको छ । अध्यक्ष पदका आकांक्षीहरु बढेपछि नेतृत्व चयन गर्न नसक्दा अधिवेशन स्थगित गरिएको हो । निर्वाचन समितिले बन्द सत्र स्थगित गर्दै फागुन २८ गतेका लागि निर्वाचनको मिति तोकेको छ । निर्वाचन अधिकृत रेखा यादबले केही प्राविधिक कारण भन्दै अधिवेशन स्थगित गरिएको विज्ञप्ती मार्फत जनाएकी हुन् । जारी विज्ञप्तीमा फाल्गुन २७ गते शुक्रवार दिउँसो २ बजेदेखि ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय र फाल्गुन २८ गते शनिवार विहान १० बजेदेखि दिउसो ४ बजेसम्म हुने समय तोकेको छ । साथै बालमन्दिर सिरहामा मतदान हुने र उम्मेदवारी फिर्ताको समय अब उप्रान्त कुनै पनि परिस्थितिमा थप नगरिने पनि विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तिमा पार्टीको एकता अधिवेशनको उद्घाटन सत्र भव्यतापूर्वक सम्पन्न गरिएको चर्चा गर्दै पार्टीलाई सवल तथा आन्तरिक लोकतन्त्र स्थापित गर्न उठेका विषयहरुलाई बन्द सत्रले सर्वसम्मत रुपले अनुमोदन गरेको उल्लेख छ । फोरमको उद्घाटनपछि सोमबार रातीदेखि केन्द्रीय अध्यक्ष उपेन्द्र यादव स्वयम् बसेर जिल्ला नेतृत्वको विषय मिलाउन खोजेका थिए । तर अध्यक्ष पदका आकाङ्क्षी एक दर्जनको हाराहारीमा पुगेपछि उनी बुधबार दिउँसो ‘आफैंहरु मिलाउनुस्’ भन्दै निस्किए । फोरमको विधान अनुसार अध्यक्षसहित ५१ जनाको जिल्ला समितिका लागि अध्यक्षमा मात्र निवर्तमान जिल्ला अध्यक्ष किशोरी यादव, बादलप्रसाद यादव, रामदयाल यादव, प्रमोदकुमार गोहिवार लगायत ११ जनाको उम्मेदवारी परेको थियो । अधिवेशनका लागि जिल्लाभरबाट एक हजार चार सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्