मधेश तनावग्रस्त, प्रहरीले बर्साएको गोलीबाट आधा दर्जनले सहादत्त प्राप्त गरे र लहानमा एमाले पार्टी कार्यालयमा आगजनी
Advertise Here Book Now

लहान २४ फागुन । सप्तरी प्रहरीले अन्धाधुन्द गोली बर्साएर सात जनाको ज्यान लिएको छ भने दूई दर्जन जति घाईते भएको छ । सहादत्त प्राप्त गर्ने सबैलाई प्रहरीले कम्मर, पेट, पिठ्यू र टाउंको गोली हानेको छ । 
सहादत्त प्राप्त गर्नेहरु आनन्द साह, संजन मेहता, पिताम्बर मण्डल, रंजन मेहता, दिगम्बर यादव, अवधेश ठाकुर र अजय साह रहेको जानकारीमा आएको छ । एमालेको मेची महाकाली राष्ट्रिय अभियान राजविराजस्थित अधौगिक क्षेत्रमा सभा सकेपछि प्रहरी र मोर्चा कार्यकर्ताबीच झडप भएको थियो । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर मृत्यू हुनेको संख्या सात पुगेको छ । गोलीबाटै दूई दर्जनौं मोर्चाका कार्यकर्ता घाईते भएका छन् । मोर्चा कार्यकर्ताहरु एकै ठाउंमा बसिरहेका थिए । त्यही क्रममा प्रहरीपक्ष तर्फ रहेका एमाले कार्यकर्ताले मोर्चा कार्यकर्तामाथी ढुंगा हान्न थालेको थियो । प्रहरीतिरे रहेका एमाले कार्यकर्ताहरुले निरन्तर ढुंगा फ्यांकन थालेपछि मोर्चा कार्यकर्ताहरु आक्रोशित भएका थिए । मास्क लगाएर आएका एमाले कार्यकर्ताहरुले ढुंगा फ्याउंनपछि स्थिति तनाव भएको थियो । सोहीक्रममा प्रहरीले एकतर्फी गोली प्रहार गर्दा मोर्चातर्फ क्षति भएको छ । सप्तरी सिडियोका अनुसार प्रहरी र मोर्चाका कार्यकर्ताबीच भएको झडप र प्रहर बाट चलाएको गोलिबाट अहिले सम्ममा ४ जना को मृत्यू भएको दावी गरिएको छ भन्ने प्रहरीको गोलि लागेर ९ जना गम्भिर घाइते र कुल ५२ जना घाइते रहेको समाचार नै यथार्थ हो । उपचारथ घाइतेको अवस्था बुझदा मृत्यु संख्या बढ्न सक्ने अवस्था कायम नै छ । यसैबीच,सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आक्रोसित बनेका छन् । उनले प्रहरीले निहत्था जनतालाई गोली हानेर हत्या गरेको आरोप लगाए । उनले आक्रोशित हुँदै भने– ‘प्रहरीसँग झडप भएको होइन । नरसंहार गरेको छ । प्रहरीले गोली हानेर मारेको हो ।’ अध्यक्ष महतोले कसैको विरोध गर्यो भन्दैमा जनतालाई हत्या गर्न पाइँदैन नि ? भनेर प्रतिप्रश्न गरे । उनले भने, ‘निहत्था जनतामाथि गोली प्रहार गर्न पाइँदैन । विरोध गर्ने अधिकार सबैको हो ।’ मोर्चाका अन्य नेताहरु पनि सप्तरी घटनापछि आक्रोसित बनेका छन् । मोर्चाको आक्समिक बैठकबाट प्रचण्ड सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने निर्णय समेत गरिसकेको छ । मोर्चाले फागुन २४ र २५ गते मधेस बन्दको आह्वान पनि गरेको हो । आक्रोशित कार्यकर्ताले सप्तरीमा तीन मोटरसाईकल जलाएको छ भने गोलबजारमा भारतीय गाडी जलाएको छ । लहानमा ना.४ख २०७६ नम्बरको ट्रकमा आगजनी गरेको जानकारीमा आएको छ । 

एमालेप्रति मधेशमा बढ्यो आक्रोश 

समान अधिकार र बराबरी हैसियत कायम गर्न आन्दोलित संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीको घटनाको कारण आक्रोशित भएका छन् । सप्तरीको राजविराजमा एमालेको कार्यक्रम सफल बनाउन नेपाल प्रहरीले गोली हानी सात जना मधेशीको हत्या गरेपछि मधेशका जिल्लाहरुमा एमालेप्रति आक्रोस बढेको छ । आक्रोशमै लहान स्थित रहेको एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरेको छ । सोमबार साँझ राजविराजमा भएको घटनापछि मधेशमा मुख्य सहरहरुमा प्रदर्शन सुरु भएको छ भने एमालेका नेताहरु निसानामा परेका छन् । लहान, गोलबजार, जनकपुरधाम, वारा, पर्सा, सर्लाही, रुपन्देही, नेपालगन्जमा प्रदर्शन सुरु भएको छ भने लहान, धनुषा, बीरगञ्जको मुख्य चौकहरुमा टायरबाली साँझबाट प्रदर्शन सुरु भएको मधेशी मोर्चाका नेता महमुद आलमले बताए । राजविराजमा सात जनाको हत्या पश्चात आक्रोसित बनेका रौतहटबासीले नेकपा एमाले रौतहटका प्रचार विभाग प्रमुख मनिशंकर निधिलाई कालो मोसो दलेका छन् । समाचार श्रोतका अनुसार अन्य नेताहरुको खोजी भइरहेको छ । यता जनकपुरधाममा एमाले नेताहरु रघुबीर महासेठ तथा सत्यनारायण मण्डलको घर अगाडि मधेशी मोर्चाका कार्यकर्ताहरु प्रदर्शन गरेका छन् । त्यस्तै, मधेशका जिल्लामा पनि एमाले नेताहरुको घरमा आक्रमण हुने प्रयास गरेको छ । 

सरकारलाई दिएको समर्थन मोर्चाद्वारा फिर्ता लिने 

संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सप्तरी कान्डपछि मोर्चाले सोेमबार साँझ बोलाएको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गरी आन्दोलनमै जाने निर्णय गरेको छ । मोर्चाले आगामी २४ र २५ फागुनमा मधेस बन्द गर्ने निर्णय पनि गरेको छ । मोर्चाले भोलि मंगलबार सभामुखलाई सरकारलाई दिएको समर्थन फिर्ता लिइएको पत्र फागुन २५ गते बुझाइने मोर्चाका एक नेताले बताए । सप्तरीमा प्रहरीको गोली लागेर सात जना आन्दोलनकारीको घटनास्थलमै सहादत्त प्राप्तपछि तथा दर्जनौ घाइते भएपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू आकस्मिक बैठकमा बसेका थिए । तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बैठक भएको थियो । सोहीक्रममा मोर्चाले गम्भीर घाइते भएकाहरूलाई हेलिकप्टरबाट काठमाडौ ल्याउने तयारी समेत गरेको छ । प्रहरीको गोली लागेर सातजनाको मृत्यु भएको बताइएको छ । मृतकको संख्या ८ पुग्ने अनुमान गरिएको छ । मधेसी मोर्चाले भनेको छ, एमाले केही शीर्ष नेताहरुको मधेस र मधेसीविरुद्ध विषबमन गर्ने व्यवहार, मधेसी समुदायलाई अपमानित गर्ने, होच्याउने र घोचपेच गर्ने खालका गैरजिम्मेवार, भड्काउपूर्ण एवं उत्तेजक अभिव्यक्ति नै यस घटनाको मुख्य कारक तत्व हुने भन्ने ठहर छ ।’बैठकमा प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने सहमति भएको छ र, भोलि संसद सचिवालयमा लिखित रुपमा नै जानकारी गराउने नेताहरुले बताएका छन् । यसका लागि भोलि ३ बजे मोर्चाको बैठक राखिएको छ । मधेसी मोर्चाको बैठकले सप्तरीमा प्रहरी दमन भएको भन्दै भत्र्सना गरेको छ । र, दोषीलाई कारबाही गर्न र घाइतेहरुको उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । सप्तरी घटनाको विरोधमा भोलि र पर्सि मधेसमा बन्द गर्ने निर्णय समेत गरेको छ । 

मधेशमा एमालेको मेची—महाकाली अभियानमा हानियो जुत्ता 

पूर्वबाट सुरु भएको नेकपा एमालेको मेचीमहाकाली अभियान इनरुवा आइपुग्दा मधेसी मोर्चाको विरोधको राम्रै सामना गर्नुपरेको छ । झुम्कामा कालोझण्डासहित जम्मा भएका मोर्चाका कार्यकर्ताले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरे । एमालेको झण्डा राोको ठाउँमा नै मधेसी मोर्चाका कार्यकर्ताले कालोझण्डा बाँधेर राखिदिएका छन् । त्यही क्रममा एक पूर्वसभासद एमालेको गाडीमाथि जुत्ता प्रहार गरेकी छन् । संघीय समाजवादी फोरम नेपालकी पूर्व साभासद सविताकुमारी यादवले मेची महाकाली अभियानको अगुवा गाडीलाई आफ्नो जुत्ता हानेकी हुन् । उनले सुरुमा कालो झण्डा देखाएकी थिइन् । गाडी अगाडि बढेपछि पछ्याउँदै गएकी उनले आफ्नो जुत्ता खोलेर हानिन् । यतिले मात्र उनको आक्रोश थामिएन र, अर्को खुट्टामा रहेको जुत्ता पनि फुकालेर हानिन् ।




Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्