कञ्चनपुरमा नेपालको भूभाग मिच्ने भारतको दाउ
Advertise Here Book Now

फागुन २८ । पारि भारतको बसहीकस्वा, वारि आनन्द बजार । बीचमा रहेको अलि उँचो भूभागलाई बूढापाकाले दुम्के डाँडा भन्थे । तर, पटकपटक सीमा विवादका कारण तनाव बढ्न थालेपछि स्थानीय बासिन्दाले यसको नाम ‘कारगिल डाँडा’ राखिदिए । भारतीय प्रहरीले बिहीबार नेपाली भूभागमै पसेर गोली चलाउँदा एक जनाको मृत्यु भएपछि विवाद फेरि बल्झिएको छ । ‘सीमापारिबाट दिनहुँजसो मदिरा पिउन आनन्द बजार पुग्ने भारतीय सीमा सुरक्षा बलका जवान र सर्वसाधारणले नै यो डाँडाको नाउँ कारगिल राखेका हुन्,’ स्थानीय शेरबहादुर कामीले भने, ‘गोली चलेको घटना पहिलो हो तर सामान्य तनाव र झडप १७ औं पटक देखिसकेको छु ।’ शेरबहादुरका अनुसार बसहीकस्वा र आनन्द बजारका बासिन्दाको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । ‘केही वर्षअघि विद्यालय बनाउँदा पनि उनीहरुले अवरोध गरे । दुवै देशका अधिकारीबीच सहमतिपछि मात्र विद्यालय बन्यो । एक महिनाअघि दुवै देशका अधिकारीबीच सहमति भएपछि कल्भर्ट बनाइएको हो, यही कारण तनाव बढ्दै जाँदा ३२ वर्षीय युवकले अनाहकमा ज्यान गुमाउनपर्यो ।’ धनगढीदेखि २५ किमि दूरीमा रहेको आनन्द बजारमा अधिकांश जनजाति समुदायको बसोबास छ । पुनर्वास नगरपालिका ८ मा रहेको यो बजारको पारितर्फ भारतको सानो मन्डी बसही बजार छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्