मोर्चाको वन्दका कारण सिरहाको जनजीवन प्रभावित , प्रशासन विरुद्ध जुलुस प्रदर्शन
Advertise Here Book Now

फिरोज शेख लहान २०७३ फागुन २४ -सप्तरी घटनाको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण सिरहा सहित तराई मधेशको जनजीवन प्रभावित भएको छ ।बन्दका कारण सिरहा जिल्ला सदरमुकाम सिरहा , लहान , धनगडी ,गोलबजार , चौहर्वा , बिशनपुर , मिर्चैया आसपासको क्षेत्रहरु पूर्ण रुपले प्रभावित भएका छन् । बन्दका कारण यस क्षेत्रका विद्यालय, उद्योग, कलकारखाना सबै ठप्प भएका छन् ।लामो तथा छोटो दूरीका सवारी साधनहरु चल्न सकेका छैनन् । जिल्लाका सबै क्षेत्रमा स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउँदै चौतर्फी सुरक्षा व्यवस्था अपनाएका छन् । यसै बीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरुले पक्राउ परेका नेता तथा कार्यकर्ताहरु लाई रिहाईको माँग गर्दै विरोध स्वरूप नेकपा एमालेका अध्यक्ष केपी ओली र गृह मन्त्रि बिमलेन्द्र निधिको पुत्ला लिई प्रदर्शन गरेका छन्। सैयौ नेता तथा कार्यकर्ता सहभागी उक्त जुलुसले लहानको बिभिन्न परिक्रमा गरि ईलाका प्रहरी कार्यलय लहान अगाडी गइ केहि बेर प्रहरी प्रशासन , वर्तमान सरकार , एमाले पार्टी र गृह मन्त्रि विरुद्ध चर्को नाराबाजी गर्दै पक्राउ परेका नेता तथा कार्यकर्ताहरुलाई रिहाइको माँग गरेका छन्। मोर्चाका युवा नेता विजय कुमार महतोले दिएको जानकारी अनुसार शहिद चौकमा कोणसभा पश्चात ओली र निधिको पुत्ला दहन गर्ने कार्यक्रम रहेको बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्