राजविराजदेखि लाहानसम्म शव यात्रा, हजारौं सहभागी हुने
Advertise Here Book Now

राजविराज २७ फागुन । नेकपा एमालेको मेची–महाकाली अभियान सफल बनाउने क्रममा सशस्त्र पैहरीले गोली हानी हत्या गरेका चारै जनाको शव यात्रा शनिबार हुने भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले शव बुझेर भोलि (शनिवार) सिरहाको लहानसम्म शवयात्रा गर्ने जनाएको छ । शव यात्रामा सप्तरी, सिरहा र धनुषाका हजारौं मधेशीहरुको सहभागिता रहने मोर्चाले जनाएको छ ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालको अध्यक्षतामा बसेको मोर्चासम्मिलित बैठकले शव ल्याउने निर्णय गरेको गरेको थियो ।
सोमबार सप्तरीमा भएको घटनामा प्रहरीले हत्या भएकाहरुलाई सहिद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति, घाइतेको उपचार खर्च, मृतक परिवारमध्ये एकजना सदस्यलाई जागिरको व्यवस्थासहितका मोर्चाले अघि सारेका मागलाई स्थानीय प्रशासनले गृह मन्त्रालयलाई सिफारिस गर्ने बैठकले निर्णय गरेको हो ।
सप्तरी घटनामा मलेठ–२ बस्ने २५ वर्षीय सञ्जन मेहता, मलेठ–४ का ५० वर्षीय पीताम्बर मण्डल, मलेठ–४ का वीरेन्द्र महतो र प्रसवनी–४ टेङ्गरी घर भएका ३५ वर्षीय सिनियर अहेव आनन्दकुमार साहको हत्या भएको हो ।
उनीहरुको शवपरीक्षण धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गराई शनिबार राजविराजदेखि लहानसम्म शवयात्रा गर्ने निर्णयसमेत भएको छ ।
लहानबाट पुनः मलेठ ल्याई तीनजनाको मलेठमै औद्योगिक क्षेत्र नजिक र प्रसवनीका साहको प्रसवनीमै दाहसंस्कार गरिनेछ ।  स्रोत :हुलाकी न्यूज

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्