सिरहाका एक लाख बढी बालबालिका पोलियोबाट बन्चित
Advertise Here Book Now

रामभरोसी  यादव सिरहा 
स्वास्थ्यकर्मीको आन्दोलनको कारण सिरहामा पाँच वर्ष मुनिका एक लाख ३२ हजार ३६ बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएका छन् । राज्यले आफ्नो मागको सम्वोधन नगरेकाले समयमै पोलियो थोपा खुवाउन नसकिएको स्वास्थ्यकर्मी युनियन सिरहाका अध्यक्ष रामसेवक यादवले जानकारी दिए ।
निजामति सेवा ऐन कार्यान्वयन तथा पद व्यवस्थापनको माँग राखी आन्दोलनमा रहेका सिरहाका स्वास्थ्यकर्मी सेवा बन्द गरी धर्नामा बसेका छन् ।
सकारले पोलियो थोपा खुवाउन छुटेका काठमाडौ उपत्यकाका तीनवटै जिल्ला सहित तराइका १५ जिल्लामा शनिवार र आईतबार पोलियो थोपा खुवाउन आव्हान गरेको भएपनि सिरहामा अधिकांश जिल्लामा यो कार्यक्रम प्रभावित भएको छ ।
यसैवीच जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका खोप अधिकृत शिवचन्द्र ठाकुरले मंगलबजारसम्ममा सवै बालबाललिकाहरुलाई पोलियो खुवाउने बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्