सप्तरीमा हात्तीको आक्रमण २ को मृत्यु ४ घाइते
Advertise Here Book Now

आशिक शाह चैत्र २२ । सप्तरीको हनुमानगर बजारमा मंगलबार जंगली हात्तीको आक्रमणबाट दुई जनाको ज्यान गएको छ भने अन्य पाँचजना घाइते भएका छन्।विहान १० बजेतिर सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीलेले आक्रमण गर्दा हनुमाननगर योगिनिमाई नगरपालिकाका ३३ बर्षिय रोशन झा र सोही ठाउँका सञ्जय साफीको मृत्यु भएको हो।हात्तीको आक्रमणबाट गम्भीर घाइते दुवैजनालाई उपचारको लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।यसैगरी घाइते हुनेहरुमा हनुमाननगरका कालीचरण साह, रविना खातुन, संजिब कुमार साह र इस्ताफ अली रहेका छन् ।उनीहरुको सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्