श्रीमतीको चिर्पट प्रहारबाट घाइते उत्तमको उपचारको क्रममा मृत्यु
Advertise Here Book Now

आशिक शाह चैत्र २३ गते।सुनसरीको ईटहरी- ४ मा डेरा गरी बस्ने ३५ बर्षिय उतम पराजुलीको श्रीमतीको चिर्पट प्रहारबाट घाइते भएका उनको सोमबार बेलुका उपचारको क्रममा मृत्यु भएको छ।सोमबार विहान आफ्नै कोठामा बिरामी भई उपचार्थ नोबेल अस्पताल बिराटनगर लगिएकोमा शरिरमा चोट र निल डाम देखिएपछी घटना शंकास्पद छ भनी प्रहरीले अनुसन्धान सुरू गरेको थियो। अनुसन्धानकै क्रममा उनकै कान्छी श्रीमती अन्दाजी २५ बर्षिय विन्दा चौधरीले मादक पदार्थ सेवन गरी चिर्पट प्रहार गरेको खुल्न आएपछी प्रहरीले चौधरीलाई पक्राउ गरेको हो।उनलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्