आज रामनवमी पर्व मनाईयो
Advertise Here Book Now

आशिक शाह चैत्र शुक्ल नवमीका दिन श्रीरामको सम्झनामा मनाइने 'रामनवमी' पर्व सिरहा सहित देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा, आराधना गरी मनाईयो ।असत्यमाथि सत्यको विजय गरेका श्रीरामको सम्झनामा रामनवमी पर्व मनाईनछ ।आज विहानैदेखि जनकपुरस्थित रामजानकीको मन्दिर र काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा मेला भर्न नेपाल तथा भारतका श्रधालु भक्तजनको घुइँचो लागेको छ। त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ। आजकै दिन सिरहा सहित श्रीरामको स्मृतिमा मुलुकभर पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ,अध्यात्म– –वाल्मीकि– तुलसीकृत– भानुभक्तीय रामायण वाचन गर्ने र रामको पूजाआराधना गरी रातभर भजनकीर्तन गर्ने परम्परा रही आएको छ।आजका दिन व्रत बसी रामको पूजापाठ गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने जनबिश्वाश छ ।अयोध्याका राजा दशरथका जेठा छोरा भई विष्णुको सप्तम अवतारका रूपमा जन्मीएका रामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको तथा आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्