भतिजको हत्या आरोपमा काका पक्राउ
Advertise Here Book Now

राम नारायण पंडित, सिरहा, १६ बैशाख । मिर्चैया प्रहरीले आफ्नै भतिजको हत्याको गरेको आरोपमा काकालाई पक्राउ गरेको छ । सिरहाको नरहा ३ खोरिया बस्ने भरोसी यादवको दुई वर्षिय छोरा रमन यादबलाई हत्या गरेको आरोपमा भरोसीका सहोदर भाई २८ बर्षीय सुरेश यादबलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (र्डिसपी) गजुसिद्धि बज्राचार्यले बताए । बुधबार साँझदेखि घरबाटै बेपत्ता भएका बालकको अपहरण भएको आशंका गरेपनि हत्या गरि खाल्डो खनि गाडिएको अबस्थामा शुक्रबार साँझ बालकको शब फेला परेको प्रहरीले जनाएको छ । आफ्नै घर नजिक रहेको भाण्टाबारीमा घाटीरेटी हत्या गरी खाल्डोमा गाडिएको अवस्थामा बालकको शब फेला परेको (डिएसपी) बज्राचार्यले बताए । प्रहरी र घर परिवार सम्भावित विभिन्न ठाउँहरुमा खोजतलास गरेपनि बच्चा भेटिएको थिएन । तर शुक्रबार साँझ कुकुरले माटो खनेपछि गाउँमा दुर्गन्ध फैलिएपछि खोजतलाश गर्न लाग्दा बच्चा मृत अबस्थामा भेटिएको थियो । पक्राउ परेका सुरेशले आफुले भतिज रमनको हत्या गरेको स्विकार गरेको प्रहरीको भनाई रहेको छ । सुरेशको मानसिक संतुलन केहि अस्वस्थ्य रहेको समेत प्रहरीले बताए । पक्राउ परेका सुरेश उपर कर्तव्य अन्तर्गत मुद्धा चलाउने तयारी भईरहेको मिर्चैयाका (डिएसपी) बज्राचार्यले बताए । बालक हराएकै वेलादेखि अचेत अवस्थामा रहेका बालकका आमा २८ वर्षिय निराकुमारी यादव अहिलेसम्म वेहोस अवस्थामा नै रहेको छ । बालक हत्या गरिएको अवस्थामा फेला परेपछि पुरै गाउँ शोकमग्न भएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्