विद्युत चोरीको आरोपमा सिरहा वितरण केन्द्र द्वारा ७ पक्राउ
Advertise Here Book Now

शुभ नारायण कामती - 
सिरहा, २९ वैशाख । नेपाल विद्युत प्राधिकरण सिरहा वितरण केन्द्रले विद्युत चुहाबट नियन्त्रण अभियान अन्तर्गत आज (शुक्रबार) ७ जनालाई पक्राउ गरेको छ । विद्युत चुहाबट नियन्त्रण अभियानमा प्राधिकरणका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिले सिरहा नगरपालिका वडा नम्बर ९ ठेंगहीबाट गणेश यादव, जुगती यादव, बिष्णुपुर गाउँपालिका वडा नम्बर ५ लक्ष्मीपुरबाट कुमर पासवान, गुबदा पासवान र अर्नमा गाउँपालिका वडा नम्बर ३ अर्नमाबाट बिरेन्द्र ठाकुर, पवन पासवान र रंजित कुमार मुखिया लगायत ७ जनालाई पक्राउ गरिएको सिरहा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले बताएका छन् । प्रमुख यादवका अनुसार टोलिले शुक्रबार पोलबाट हुकिङ्ग गरेर चलाइरहेको टिभी २ थान, मोटर २ थान, पंखा २ थान बरामद गरेकोे बताएका छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्