कथित बोक्सीको आरोपमा मरनासन कुटपिट, दोषीलाई प्रहरीको संरक्षण
Advertise Here Book Now

लहान, १० असार । सप्तरीको सुरुंगा नगरपालिका ३ लक्ष्मीपुर बस्ने विनादेवी यादवलाई शुक्रवार उनको छिमेकीहरुले कथित बोक्सीको आरोपमा मरनासन कुटपिट गरी घाईते बनाएको छ । स्थानीय फौदी यादवका बुहारीलाई भूत लगाइदिएको भन्दै स्थानीय सत्यनारायण यादव, तेजनारायण यादव, रानीवत्ती यादव, ललिता यादव, गेना यादव, ककुलती यादव, जिवछी यादवलगायत दर्जनौको एक समूहले विनादेवीलाई मरनासन कुटपिट गरेको हो । स्थानीय कप्लेश्वर धामीले झाक्री बसेको बेला छिमेकीको कर्तुत रहेको भनेपछि फौदी यादवलगायतका घरपरिवारले विनादेवीलाई दूई दिनदेखि गालीगलौज गर्दै आएको थियो । दूई दिनदेखि चल्दै आएको गालीगलौजपछि शुक्रवार विवादकै क्रममा फौदी यादवपक्षले विनादेवीको घरमै पुगेर मरनासन कुटपिट गरेको पीडितका पति मोतीलाल यादवले बताए । विभिन्न किसिमको वात लगाएपछि फौदी यादवलगायतका समूहले विना यादवलाई कथित बोक्सी भनेर मरनासन कुटपिट गर्दा प्रतिकारमा केही व्यक्तिमाथी समान्य चोट लागेको छ । कुटपिटमा संलग्न लक्ष्मीपुर चौकीले दुई जनालाई नियन्त्रणमा लिएपनि राजनीतिक दवावको कारण केही छिनमा रिहा गरिएकोे छ । प्रहरीले यसरी अपराधीलाई संरक्षण गर्दै गरियो भने न्याय पाउंन कहां जानु पर्ला पीडितका देवर धनिकलाल यादवले बताए । पीडित विना यादवलाई उपचारको लागि लहानको एक अस्पतालमा भर्ना गरिएको छ भने उनको टाउंकोमा ९ वटा टांका लागेको छ । हात र छातीमा समेत चोट लागेको छ । यता, पक्राउ गरेका अपराधीवारे लक्ष्मीपुर प्रहरी चौकीको मोबाईल नम्बर ९८५२८९०५०७ मा सम्पर्क गर्दा उनले आफ्नो नाम बताउंन मानेन उनले भने माथीको दवावमा रिहा गरिएको छ । उजुरी हालेपछि भोली फेरी ती अपराधीहरुलाई नियन्त्रण लिने बताए । लक्ष्मीपुर प्रहरीले थपे मेरो बारे नछाप्नु, भिरिया प्रहरीको मोबाईल नम्बर ९८५२८९०५१७ मा सम्पर्क गरेर केही गर्नु होला । नभए कडरबोना प्रहरी र जिल्ला प्रहरीलाई भन्नु होला उनले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्