सिरहामा ६ महिनामा १२ बलात्कार
Advertise Here Book Now

लहान । सिरहामा अपराधिक कृयाकलाप ह्वात्तै बढेपछि मानव अधिकारको अवस्था दयनीय बनेको एक अध्ययनले देखाएको छ । नेपाल मानवअधिकार बर्ष पुस्तकका लागि इन्सेकले गरेको अध्ययन अनुसार सिरहामा सन् २०१७ जनवरीदेखि जुनसम्म कुल ५४ वटा मानवअधिकार हन्नका घटना घटेको हो । 
इन्सेक सिरहाद्धारा सोमबार आयोजित समिक्षा कार्यक्रममा सार्वजनिक गरिएको प्रतिवेदन अनुसार ६ महिनामै एक महिलासहित ३ को हत्या, ६ बालिका बलात्कार, ३ बालिकामाथि बलात्कारको प्रयास, १ महिला बलात्कार, २ महिलामाथि बलात्कारको प्रयास भएको छ ।
साथै २५ वटा घरेलु हिंसाका घटना र १ महिलामाथि बोक्सीको आरोपमा कुटपिट गरिएको प्रतिवेदनमा उल्लेख छ ।
जुन महिनामा मात्रै ५ बालिका बलात्कृत भएको छ भने एक महिला र दुई बालक गरी ३ को हत्या भएको इन्सेक जिल्ला प्रतिनिधि दुर्गा परियारले जानकारी दिए ।
उनले सार्वजनिक गरिएको प्रतिवेदनमाथि कार्यक्रममा उपस्थित सञ्चारकर्मी र मानवअधिकारर्मीहरुसँग सल्लाह सुझाव मागेका थिए । 
गोलबजार नपामा भएको एक महिलाको हत्या, नरहामा बोक्सी आरोपमा महिलालाई लगाएको नाकाबन्दी र लहानमै किराना पसल गरेकी एक महिलामाथि बोक्सीको आरोपमा भएको कुटपिट घटना प्रतिवेदनमा समावेश गर्न सल्लाह दिएका थिए ।
यस्तै नेपाल पत्रकार महासंघ शाखा सिरहाका सभापति दिनेश्वर प्रसाद गुप्ताले लहानकी एक महिना लामो समयदेखि बेपत्ता रहेको घटनाबारे सम्बन्धित निकाय मौन रहेको गुनासो गरे । उनले भने– बेपत्ता महिलाको हत्या भयो भने प्रहरीले भन्नुुपर्यो होइन् भने जिवित खोजेर दिनुपर्छ ।’ बेपत्ता महिलाबारे मानवअधिकारर्मीहरु समेत चासो नदेखाउँदा दुःख लागेको उनले थपे । 
प्रतिवदेनमा आत्महत्या बढेको उल्लेख भएपनि कति व्यक्ति कुन महिनामा आत्महत्या गरेको उल्लेख छैन् ।
प्रतिवेदनमा उल्लेख छ– सन् २०१७ मा सिरहामा आत्महत्याका घटनाको स्थिति अझ भयावह छ । वैदेशिक रोजगारी, पारिवारिक तथा सामाजिक बेमेल, मानसिक तनावपछि आत्महत्याको अवस्थाले सिरहामा जरा गाडेको पाइएको छ ।
अधिकारर्मी सुनिल साह भन्छन्– आत्म हत्या भनेको आधा हत्या हो । कुनै न कुनै कारण कोही मानिस आत्महत्या गर्न विवस हुन्छन् । धेरै घटनामा आत्महत्या गर्न बाध्य पारिएको पनि हुन्छ । 
त्यसैले आत्महत्या पछाडीको कारण खोल्न जरुरी छ । आत्महत्यालाई हत्या सम्झेर अनुसन्धान गर्न प्रहरीलाई मेरो आग्रह छ भने मानवअधिकार वर्ष पुस्तकमा पनि घटना समावेश गर्न मेरो सुझाव छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्