वाढीले जलमग्न सिरहा सयौं घर डुवानमा, विस्थापितलाई सुरक्षित स्थलतर्फ
Advertise Here Book Now

साउन २९ गते । अविरल वर्षाले सिरहा डुवानमा परेको छ । सिरहाको बजार र ग्रामीण क्षेत्रका सयौं घर डुवानमा परेको हो। कमला, बलान, गागन, घुर्मी, बतहा, खुट्टि खोलाको वाढिले वस्तिहरु जोखिममा परेको छ । बलान नदिको बाढिले सखुवानन्कारकट्टिको ४५ घरपरिवार विस्थापित भएको छ । विस्थापित परिवारलाई स्थानीय विद्यालयमा सुरक्षित राखिएको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले वताए ।
गागन नदिले आफ्नो वहाव बदलिदा औरही गाउँपालिकाको औरही, ईटाटार, कमलपुर लगायतका गाउँवस्ती डुवानमा परेको छ । गागनको वाढिले औरही गाउँलाई चारतिरैवाट पानीले घेरेको छ । औरहीमा ३ घरपरिवार विस्थापित भएको छ । यस्तै कमला नदिको वाढिले बेल्हा, सारस्वर, बसपिट्टा, मानपुर, रमौल, पटेर्वा, माडर, मल्हनिया गम्हरिया लगायत सिरहा नगरपालिका वडा नम्बर २, ७, ८ का वस्ती डुवानमा परेको प्रजिअ श्रेष्ठले बताए । जिल्ला सदरमुकाम सिरहाका अधिकांश सरकारी कार्यालयमा पानी २ फिटसम्म जमेको छ ।
यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नगरपालिकाको बजार क्षेत्र र राजमार्ग जलमग्न रहेको छ । राजमार्गमा ठाउँठाउँमा पानीले सडक भत्काएको छ । यो संगै कल्याणपुर जब्दी नगरपालिका ३ ईटारी प्रसाहीमा वाढिले घर डुवानमा परेर विस्थापित भएका ४५ घरपरिवारलाई सुरक्षित तरिकाले स्थानीय विद्यालयमा राखिएको प्रजिअ श्रेष्ठले बताए । वाढिको पानीले ग्रामीण सडक, हुलाकी सडक, सिरहा-कल्याणपुर-मिर्चैया सडक, मल्हनिया-सिक्रोन सडक, बसपिट्टा-सिरहा सडक, पदमपुर-नरैहिया सडक, ठेगही-सिरहा सडक लगायत तीन दर्जन वढी ग्रामीण सडकहरु भत्किएको छ ।
विरामी र सुत्केरीलाई सकस
वाढीको पानीले गाउँगाउँका सडक भत्काएपछी विरामी र सुत्केरीलाई स्वास्थ केन्द्र पुग्न समस्या हुने भएको छ । बढीले सडक भत्किदा एम्बुलेन्स लगायतका सवारी साधन पुग्न नसक्ने अवस्था रहेको मानव अधिकारकर्मी राज कुमार राउतले बताए ।
सुरक्षा निकायद्वारा निरीक्षण
प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा स्थानिय विकास अधिकारी सुरेश राउत, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका मेजर सहितको सुरक्षा निकाय वाढीले क्षति पुर्याएको ठाउँहरुको निरिक्षण गरेको छ । टोलिले राहत र उद्वारलाई तिव्रता दिन निरिक्षन गरेको टोलिमा सहभागी स्थानीय विकास अधिकारी सुरेश राउतले बताए ।
नगरपालिकाद्वारा च्यूराभूजा
कमला नदिको वाढीले डुवानमा परेका सिरहा नगरपालिका ६ बसपिट्टाका दलित वस्ती सहित ५ सय घरपरिवारलाई राहत वितरण गरिएको छ । सिरहा नगरपालिकाले च्यूरा, भूजा, दालमोट, चाउचाउ र मट्टीतेल वितरण गरेको कार्यकारी अधिकृत ईन्द्रदेव यादवले बताए । राहत माग गर्दै ती वडाका सयौं पीडितहरु नगरपालिका कार्यालय पुगेका थिए ।
थामिएन वर्षा
पाँच दिनदेखी लगातार भैरहेको वर्षा थामिसकेको छैन् । वर्षा जारी रहदा डुवानको जोखिम उच्च रहेको छ । आईतवार पनि वर्षा रोकिएन । वर्षा नरोकिदा विस्थापित हुनेको संख्या वढ्ने स्थानीय अगुवा शम्भू साहले बताए ।
विधुत छैन्
वर्षाले सडकसंगै विधुतको पोलहरु ढालिदिदा विधुत आपूर्ति ठ्प्प भएको छ । बिष्णुपुर स्वस्टेशनवाट विधुत आपूर्ति हुने सदरमुकाम सिरहा, माडर, भलुवाही, सारस्वर, बेल्हा, कल्याणपुर, बिष्णुपुर लगायतमा विधुत ठप्प छ । विधुत नहुदा झन जोखिम वढेको स्थानिय सोनु महराले बताए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्