सिरहाको लहान नगरपालिकाका मुसहर बस्ती डुवानमा
Advertise Here Book Now

सिरहा । सिरहाको लहान नगरपालिका एकस्थित मुसहर बस्ती डुवानमा परेको छ । नहरको बाँधमा घर बनाएर बसेका सुकुम्बासी मुसहर बस्तीमा बाढी पसेको हो । बाँधमा रहेका दर्जनौं घर डुबानमा परेर भत्केका छन् भने मुसहर बस्ती भएर नहरको पानी बगिरहेको छ ।
उनीहरुको घरमा भएका धान, चालम, गहुँ र अन्य समानहरु समेत पानीमा डुबेको छ । कतिपयको घरभित्र रहेका समानहरु समेत पानीले बगाएको स्थानीयले बताएका छन् ।
घर भत्किएपछि मुसहर समुदायको बिचल्ली भएको छ । घरमा पानी पसेपछि खाना समेत पकाउने अवस्था छैन् । बस्तीमा बाढी पसेपनि राहत र उद्दारको काम भने नभएको स्थानीयले गुनासो गरेका छन् । Source:http://avenues.tv

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्