मुसलधारे वर्षाका कारण लहानको माधोपुर अस्त व्यस्त @GROUND-ZERO REPORT
Advertise Here Book Now

ओम प्रकाश यादव साउन २८ । लहान नगर पालिका २१ मा पर्ने माधोपुर टोलमा मुसलधारे परेको पानिले जनजिबन अस्त व्यस्त भएको छ | वर्षाका पानी घरघरमा पस्न थालेपछि फुसको घर भत्किन थालेपछि  शनिवार विहानैदेखि भगाभाग सुरु भएको छ । विगत ४ दिन देखि  परिरहेकोअविरल वार्षको कारण माधोपुर टोलमा पानीको चाप वढन गई फुसको घर वनाएको एक जना दलितको घर भात्किसकेको छ |शनिवारदेखि नै परेको पानिले गाउ नै अस्त व्यस्त बनेको छ |
त्यस्तै माधोपुर नजिकै रहेको हाइस्कुल भित्र पनी वर्षाको पानिले ताण्डव मचएको छ स्कुलको वरिपरी पूरे जलमग्न भएको दृश्य |
त्यस्तै लहान नगर पालिका लहान १ स्थित मिलन चोकतिर पानी दलित वस्तीको घरघरमा पसिसकेपछि भागाभाग भईरहेको वेला विहान ९ वजेतिर एकासी पश्चिमतिर पहिले नै नहरको वाँध भत्कििएपछि वल्ल पूर्वतिरको वस्तीमा राहत महसुस गरिएको शिक्षक राम वालक यादवले भन्दै नहरमा पानीको चाप अझै वढदै जाने क्रममा रहेकोले नहरको दक्षिणतिरको जाने आउने सडक नै पूर्णरुपमा बन्द रहेको अवस्था छ । यत्रो विपत्ति आईपुग्दा पनि लहान नगरपालिकाले कुनै चासो नलिनुको साथै राजनीतिक दलहरुले समेत कुनै चासो नलिएकोमा दलित समूदायको कुनै घरमा चुल्हो वलेको छैन भन्ने आफनो समान सुरक्षित गर्न नजिकको वस्तीहरुमा ओसार्न थालेको  छ । 
त्यस्तै वर्षका कारण सिरहाका दर्जनबढी गाउँ डुवानमा परेका छन् । डिमा खोलाको पानी गाउँमा पस्दा कर्जन्हा गाउँपालिका– ६ गौताडीका दर्जनबढी घरहरु डुवानमा परेका हुन् । लगातारको वर्षाका कारण बेचो खोलामा आएको बाढी कल्याणपुर नगरपालिका–४ मा रहेका घरमा पसेको छ ।वर्षा नरोकिएका कारण स्थानीय बासिन्दा त्रसित भएका छन् । वर्षाले सिरहा जिल्लाका मिर्चैया, गोलबजार, लहान, पर्सा पोखरभिण्डा, सुखिपुरका घर डुवानमा परेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभएको छ । कमला नदीले कटान सुरु गरेकाले बाँध बनाउने काम भैरहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्