राज्यको नजर नपरेछि..... बलान बिहुल गाउँपालिकाका लाखौं जनता आधुनिक युगमा पनि टुकीको भरमा
Advertise Here Book Now

राम नारायण पंडित/सिरहा ।
देशका राजधानी लगायत जिल्ला सदरमुकामहरु लोडसेडिङमुक्त घोषणा भईरहदा ग्रामिण भेगमा अहिले पनि बिजुली बल्न सकेको छैन । सप्तरीको पश्चिमी दक्षिणी भेगका कतिपय स्थानहरुमा अहिलेसम्म विद्युतिय पोल पनि गाडिएको छैन । गाउँमा विजुली वत्तिको व्यवस्था नहुदाँ स्थानियहरु आधुनिक सेवा सुविधाबाट बञ्चित हुन पुगेका छन् । बिजुलीको अभावमा मोवाईल चार्ज गर्न र कुटान पिसान गर्न सिमाबर्ती क्षेत्र  अथवा अन्य जिल्ला जानु पर्ने बाध्यता रहेको स्थानियले दुखेसो पोखेका छन् ।

सप्तरीको पश्चिमी दक्षिणी साकिकका बेल्ही, मौवाहा, मल्हनियाँ, रामनगर कोदरकट्टी, रौटहट हाल वलान विहुल गाउँपालिकामा अहिले पनि स्थानियहरु टुकी ९डिबिया० कै भरमा छन् । सरकारले उक्त गाविसहरुलाई मिसारएर वलान बिहुल गाउँपालिका बनाएपनि अबस्था जस्ताको त्यस्तै रहेका छन् । साविक मौवाहा, मल्हनियाँ गाविसका केहि क्षेत्रमा पोल गाडिएको बर्षौ भएपनि विजुली सुचारु हुन सकेको छैन् । स्थानियले भने “स्थानियहरु पोल पाए पनि बिजुली बत्ति अहिलेसम्म पाएनन् । यस्ता धेरै गाउँ अझै छन, जहाँ टुकीकै भरमा जीवन गुजारिँदैछ ।”

सप्तरीका वलान बिहुल गाउँपालिकाका स्थानिय भन्छन, ‘हामीलाई कसैले हेरेन, हामी नगरवासी भएर पनि बत्ति मुनिको अधेरो जस्तै भएका छौं ।’ देशले हाम्रो समाजको विकासका लागी केहि पनि गरेनन् ।’ देश र स्थानिय राजनितिक दलहरुले विकासका लागी खासै पहल नगरेका कारण आफुहरुको क्षेत्र विकासमा पछि परेका छन् । राजनितिक पार्टीका स्थानीय नेताहरु र जनता एकजुट नहुँदा पनि विकास प्रभावित हुने गरेको जानकारहरुको बुझाई रहेका छन् । स्थानियले भने, ‘विजुली छैन, सडक छैन, व्यवस्थित खानेपानी छैन तरपनि नगरवासी चाँही हौं ।’ गाउँपालिकामा घर छ भन्न पनि लाज मर्दो अवस्था भएको छ । आउँदा दिनमा कसैले सडक, विजुली, सिचाई र कृषिमा लगानी गरेर गाउँको विकास गरी दिए आफुहरुको जीवनमा परिवर्तन आउने अपेक्षा गरेको स्थानिय बुद्धिजिबीहरुको भनाई रहेका छन् ।

राजनितिक दलका प्रभावशाली नेताको प्रत्यक्ष चासो रहेका क्षेत्र रहेपनि बस्तीमा बिजुली बत्ति बलेन । कतिपय तार टाँगिएको क्षेत्रमा पनि बिद्युत प्राधिकरणले बिजुली नदिएको प्रशस्तै उदाहरणहरु छन् ।

हालै निर्वाचित भएका बलान विहुल गाउँपालिकाका नवनिर्बाचित अध्यक्ष दयानन्द गोईतले आफ्नो नगर क्षेत्रमा बिकासका पुर्बाधारका साथै बिद्युत, यातायात, स्वास्थ्य, शिक्षा, संचार लगायतका अतिआबश्यक सेवालाई प्राथमिकतामा राखेको बताएका छन् । पहिलो गाउँपालिका बोर्डको बैठकले आधारभूत आवश्यक्तालाई अगामी ६ महिना भित्र पूरा गर्ने निर्णय समेत गरिएको  गाउँपालिकाका अध्यक्ष गोईतले बताए ।

भौगोलीक हिसाबले विकट वडाहरु विकासमा सधै पछि पर्ने गरेका छन । यसलाई गाउँपालिका कार्यालय र राजनितिक दलहरुले अन्त्य गरेर वडाहरुको विकास र त्यहाँका स्थानीयहरुको श्रोत र साधनको पहुँचमा बृद्धि गराउँदै नगरवासी भएको अनुभुति दिलाउन प्रयास गर्नुपर्ने आवश्यक्ता देखिन्छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्