पत्रकार संजय सहनीलाई राजपाको सांसद झाद्धारा भौतिक कारवाही गर्ने धम्की
Advertise Here Book Now



आजतक मधेश डेस्क , रौतहट फागुन ०५ । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राजपा नेपाल पार्टीको अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले नेपाल पत्रकार महासंघ रौतहट शाखाका जिल्ला कार्य समिति सदस्य एवं अनलाइन विधुतीय पत्रिकाका आजतक मधेश डटकमका संपादक संजय सहनीलाई दिइएको भौतिक कार्यवाही गर्ने धम्की प्रति नेपाल पत्रकार महासंघ रौतहट शाखाले घोर आपति जनाउँदै घोर भर्तसना गरेको छ ।
पत्रकार सहनीले राजपामा विवाद अनिल कुमार झाले श्रीमतीलाई जसरी भएपनि मन्त्री बनाउन अडान, शिर्षक नामक समाचार र आफ्नो फेसबुक पेज मा राजपा अध्यक्ष मंडलका अध्यक्ष झा आफ्नो श्रीमतीलाई मन्त्री बनाउनको लागि अनशनमा, प्रदेश सरकार गठन प्रक्रिया प्रभावित, उपेन्द्र यादव परेसान हैरान, बाम र काँग्रेसको सम्झना नामक व्यंगयात्मक स्टेटस पोस्ट गरे कै भरमा पछि सांसद झाले सहनीको मोबाइल नम्बर ९८५५०४०८७२ मा ९८५१०५०३५७ नम्बरबाट फोन गरेर धमकी दिएको कुरा गैर जिम्मेवार र संबिधानले प्रदत अधिकारलाई कुण्डित एवं दुरुपयोग गरेको हुनाले महासंघ रौतहट शाखाले प्रेस विज्ञप्ती निकाल्दै निज झा माथि कानुनी कारवाहिको लागि समेत सम्बन्धित निकायलाई ध्यान आकर्षण समेत गराएको छ ।
स्मरर्णिय होस् कि नेता झाले अपशव्द प्रयोग गर्दै भौतिक कार्यवाही गर्ने भनी धम्की दिएको अडिओ रेकर्ड सहित पत्रकार सहनीले नेपाल पत्रकार महासंघ रौतहट शाखालाई जानकारी गराएपछि २४ घण्टा पछि सो शाखाले प्रेस स्वतन्त्रताको रक्षाको लागि प्रेस विज्ञप्ति निकाली मुख खोलेको छ ।
विहिवार राति १० बजेको समयमा सांसद झाले फोन गरेर धमक्याएको सहनीको भनाइ रहेको छ । फोन रेकार्डमा सांसद झाले मैले अनसन बसेको भनी कस्ले बताएको जिकिर गरेका छन । मेरो या पत्नीको बारेमा जथाभावी समाचार नलेख्नु, मेरो पार्टीमा के भयो तिमीलाई के मतलब, मैले कसैको आमाले अनैतिक कार्य गरेको भनी पोस्ट गरे पछि के हुने छ ।
५० वर्षको उमेर भएकोमा ३० वर्ष देखि आन्दोलनमा रहेको हुदा फर्सीको कलि न सम्झनु जसलाई औला देखाएमा सुकेर जान्छ, भौतिक कारवाहि सहित जे पनि गर्न सक्छौ भनेको रेकर्ड बाट पुस्टि भइरहेका छन । केहि दिन उता पूर्व मन्त्री समेत रहेका अनिल झाले पत्नी डिम्पल झालाई समानुपातिक सांसद बनाएको र प्रदेशको सरकारमा मन्त्री नै हुनुपर्ने अडान गरेपछि मधेश आन्दोलनमा सक्रिय, शहिद परिवार, पार्टीका समर्थक सहित पार्टीका सदस्यहरु असंतुष्ट भैरहेको कुरा सेलाउन सकेको छैन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्