जनयूद्ध दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम
Advertise Here Book Now

किरण कर्ण
जनकपुरधाम, ०१ फाल्गुन
तत्कालिन नेकपा माओवादिले २०५२ सालबाट सुरु गरेको जनयूद्धको स्मृतिमा विभिन्न माओवादि घटकहरुले जनकपुरमा २३ औँ जनयूद्ध दिवस मनाएका छन् ।
मंगलबार नेकपा माओवादि केन्द्रले जनयूद्ध दिवसको अवसरमा अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरी मनाएका हुन् ।
नेकपा माओवादि केन्द्रको दुवै खेमाले अलग अलग रुपमा जनयूद्ध दिवस मनाएका छन् भने नेकपा क्रान्तिकारी माओवादि र विप्लव नेतृत्वको नेकपाले संयूक्तरुपमा मनाएका छन् ।
नेकपा माओवादि केन्द्र धनुषाको आयोजनामा तथा सोभित यादवको अध्यक्षतामा भएको यस कार्यक्रममा करिब ६ दर्जन नेता तथा कार्यकर्तालाई सम्मानित गरेका छन् ।
जनयूद्ध आरम्भको बखत तत्कालिन माओवादि पार्टीमा धनुषा जिल्ला कार्य समितिमा आवद्ध रहेकाहरु मध्ये हालसम्म पनि बाच्न सफल भएका करिब ७५ जनालाई माओवादि केन्द्रले दोसल्ला ओढाएर सम्मान सहित अन्तरक्रिया कार्यक्रम गरेका छन् । सम्मानित हुनेमा अन्य पार्टीमा सक्रिय रहेकाहरु पनि परेका छन् ।
सम्मानित हुनेमा सोभित यादव, विसुनदेव यादव, दयाराम यादव, सन्तोषी यादव, दामोदार यादव, देवलाल यादव, सुनिल सिंह, जगन्नाथ तामांग, इद्रिस नदाफ, राधा कृष्ण ठाकुर, योगेन्द्र यादव, श्रीलाल मुखिया, जिवछ यादव, सब्द यादव, चन्द्रमुखिया, दुखि मुखिया, रामचन्द्र यादव गोताहा, ठक्कु प्रसाद ठाकुर, विन्देवश्वर कापड, जयनारायण यादव, नागेश्वर यादव कुश्माहा, एलेन कवाडी, रफिक मिया, सकिला खातुन, लक्ष्मी देवी, रामसागर ठाकुर, रामबहादुर ठाकुर, शान्ति देवी, रेणु देवी, जुगेश्वर यादव, जवाहर लाल महतो, दुखिया महतो, राधेकृष्ण यादव, रामकरण साह, भुनेश्वर यादव, हिरा लाल यादव, रामबाबु यादव, कारी नदाफ, महादेव यादव, अब्दुल शेष, सिपाय यादव, महेश महरा, राजकिशोर यादव, शिवनारायण यादव, नथुनि यादव, रामनारायण यादव, रामभगत यादव, महेश यादव, पुरन साह, रामउदगार कापर, सहदेव मुखिया, जयप्रकाश यादव, रामवृक्ष यादव, फुलबाबु यादव, विन्देश्वर महतो र श्याम यादव लगायतकालाई माओवादि केन्द्रका सचिवालय सदस्य महादेव यादवले गम्छा ओढाएर सम्मान गरेका थिए ।
त्यसैगरी नेकपा क्रान्तिकारी माओवादिले जनकपुरको देवी चोकमा हसिया हथौडा अंकित रंगौली बनाएर जनयूद्ध दिवस मनाएका छन् ।
इन्चार्ज शीतल कर्णको अगुवाईमा विप्लव नेतृत्वको नेकपाको समेत उपस्थिती रहेको थियो । माओवादि केन्द्र धनुषाको नाममा पार्टी कार्यालय भित्रै झल्कु यादवको नेतृत्वमा तथा पोलिटव्यूरो सदस्य रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा मनाएका थिए ।
Shares

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्