डुमरवाना क्याम्पसको ११औ स्थापना दिवसमा ७७ जनाले रक्तदान गरे
Advertise Here Book Now

बारा ,फाल्गुन २ गते ।
डुमरवाना बहुमुखी क्याम्पस डुमरवानाको ११औ स्थापना दिवस तथा १०औ बार्षिकोत्सव समापन समारोह १, फल्गुण २०७४को प्रमुख अतिथि बारा क्षेत्र न ३ प्रतिनिधिसभा सदस्य रामबाबु कुमार यादव विशिस्ट अतिथि प्रदेशसभा सदस्यहरु ज्वाला कुमारी साह,शोभा लामा लगायत अतिथी ज्युहरुको उपस्तिथिमा क्याम्पस अध्यक्ष  एवम् जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख डा.कृष्ण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण बरुन गौतमले गर्नुभएको थियोे ।उक्त कार्यक्रममा मयेर डा. कृष्ण पौडेलले नगरपालिका बाट रु १३०००००।(तेर्‍ह लाख ) भौतिक पुर्वाधार निर्माणमा र छात्रवृत्ति साथै प्राबिधिक शिक्षा सन्चालानार्थ आर्थिक सहयोग गर्ने घोषणा गर्नुभयो त्यस्तै  प्रमुख अतिथि  माननिय रामबाबु यादवद्वारापनि क्याम्पसको भौतिक निर्माणको लागि रु १२०००००।(बार्‍ह लाख )उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।यसै अवसरमा क्याम्पसले मंगलबार आयोजना गरेको  रक्तदान कार्यक्रममा १२ महिला सहित ६५जनाले रक्तदान गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्