भारतको सुपौलमा महिला पत्रकार झा सम्मानित
Advertise Here Book Now

गणेश कुमार ठाकुर(शर्मा)

सिरहा, ५ फागुन । बिहारको सुपौलमा (शुक्रवार) अन्तराष्टिय पत्रकार सम्मान समारोह एवम परिचर्चा कार्यत्रममा धनुषा जिल्लाका रेडियो जनकपुर ९७ मेगाहर्जमा कार्यरत क्रियाशिल पत्रकार निभा झा लाई सम्मान गरेको छ ।  सो कार्यक्रमको उदघाटन भा।प्र।से।का जिल्ला पदाधिकारी सुपोलका बैद्यनाथ यादबले गरेका छन भने प्रमुख अतिथिमा बिहार जिल्लाका सेवा निवृत,जिल्ला एवम सत्र न्यायधिश श्री अमरनाथ सहायले गरेका छन । कार्यत्रममा बोल्दै विभिन्न लेख रचना, समाचार, सन्देश सम्प्रेषण गरि आम सन्चारमार्फत महिलाका मुद्दामा शसतm कलम चलाउन प्रोत्साहन स्वरुप सम्मान गरिएको सहायले बताएका छन । कार्यक्रममा सम्मानित हुनेमा (झापा) नितेष चौधरी, अनिल बर्मा, (मोरङ) श्याम सुंदर सुतिहार , पदम सरदार, उषा सरदार,बीरेंद्र साह ,संतोष बसतोल, हीरा साह ,गंगा प्रसाद यादव , प्रीति झा(भारत नेपाल सामाजिक सांस्कृतिक मंच),(सुनसरी) चन्दन रौनियार, (सिरहा) गणेश कुमार ठाकुर(शर्मा),(धनुषा) कुलदीप दास, कुलदीप साह,  पारसमणी ठाकुर , जितेन्द्र अक्षत निभा झा ,(बारा) सबिर आलम,अनिल बर्मा सहित सम्मान गरेको छ ।
भारतका  राजेस शर्मा अध्यक्ष भारत नेपाल सामाजिक सांस्कृतिक मंच सह पभकार राष्ट्रिय सहारा,सशंक सुमान,चन्दन कुमार,अरुण झा,प्रमोद कुमार यादव, सलेश कुमार, निरंजन सिंह, निर्मल कुमार, अनिल उम्र, अरविंद कुमार झा, मो मेराज आलम, मिथलेश रायलगायत दुई देशका पत्रकारलाई कदरपत्र सहितको सम्मान गरेको छ 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्